नेपालमा मोबाइल \’एसेम्बल\’बारे सम्भाव्यता अध्ययन हुँदै

नेपालमा मोबाइल \’एसेम्बल\’बारे सम्भाव्यता अध्ययन हुँदै


बैकिङ्ग समाचार ।
नेपाल दूरसञ्‍चार प्राधिकरणले मोबाइल 'एसेम्बल'बारे अध्ययन गर्ने भएको छ।

नेपाली बजारमा आवश्यक मोबाइलको उत्पादन तथा ‘रिफर्बिस’का सम्बन्धमा व्यावसायिक सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले एउटा कार्यदल बनाउने भएको छ।

प्राधिकरणले अर्थ र  सञ्‍चार मन्त्रालयका प्रतिनिधिसहित मोबाइल आयात गरिरहेका व्यवसायीहरुको प्रतिनिधित्व हुनेगरी कार्यदल बनाउने प्रवक्ता तथा निर्देशक मिनप्रसाद अर्यालले जानकारी दिए।

अहिले नेपालमा वार्षिक २० अर्ब बढीको मोबाइल आयात भइरहेको छ। यसमा पनि महंगा मोबाइलको आयात बढिरहेकोले नेपालमै एसेम्बिलिङको सम्भावना हेर्न खोजिएको अर्यालको भनाइ छ।

'हामी देशभित्रै मोबाइल एसेम्बल गर्न सक्छौ कि सक्दनौं। यदि सकिन्छ भने सरकारले कस्तो छुट र सहुलियत दिनुपर्छ। त्यसरी दिएको छुट र सहुलियतको लाभ देशले के पाउँछ भनेर उक्त कार्यदलले अध्ययन गर्नेछु अर्यालले भनेुकार्यदलको निष्कर्ष तथा सिफारिसका आधारमा नेपालमा सम्भव हुने देखिए थप नीतिगत व्यवस्थाका लागि हामी अघि बढ्ने छौँ।'