बंगलादेश बैंकसँग गरेको नबिल बैंकको मर्जर छलफल, सहमति भएन  

बंगलादेश बैंकसँग गरेको नबिल बैंकको मर्जर छलफल, सहमति भएन  


बैकिङ्ग समाचार ।  
नबिल बैंक लिमीटेडले नेपाल बंगलादेश बैंकसँग अगाडि बढाएको प्राप्ति सम्बन्धी छलफल निश्कर्षमा नपुगी टुंगिएको छ । छलफल तत्कालका लागि स्थगित भएको छ । 

नबिल बैंकमा ठूलो लगानी रहेको चौधरी ग्रुपस्थित उच्च स्रोतका अनुसार पछिल्लो छलफल बुधबार भएको थियो । नेपाल बंगलादेश बैंकमा ठूलो लगानी गरेका बंगलादेशी लगानीकर्तासँग बुधबार भएको तेश्रो छलफलले तत्कालका लागि निश्कर्षमा पुग्ने बाटो बन्द गरिदिएको स्रोतको दाबी छ । 

बंगलादेश बैंकका लगानीकर्ताहरु सेयर स्वाप रेसियोमा केही सम्झौता गर्न तयार नहुने हो भने जारी छलफल सधैंका लागि टुंगिन पनि सक्ने स्रोतको भनाई छ । 

बंगलादेश बैंकका लगानीकर्ताले नबिलसँग ३५ रुपैयाँसम्मको सेयर स्वाप रेसियो मागेका थिए । नवील भने बंगलादेश कमजोर वाणिज्य बैंक रहेकोले उसलाई ३५ रुपैयाँमा लिन नसकिने निश्कर्षमा पुगेको हो । स्रोतका अनुसार बंगलादेश बैंकलाई २० रुपैयाँ भन्दा बढी दिन नसकिने नबिलको विश्लेषण छ ।