४३८ रुपैयाँमा खुल्यो महिला लघुवित्तको शेयर कारोबार

४३८ रुपैयाँमा खुल्यो महिला लघुवित्तको शेयर कारोबार


बैकिङ्ग समाचार ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओ आज मंगलबारबाट दोस्रो बजारमा कारोबार सुरु भएको छ । संस्थाको पहिलो कारोबारको लागि नेप्सेले ३१३.१६ रुपैयाँदेखि ९३९.४८ रुपैयाँसम्मको  ओपनिङ्ग रेन्ज प्रदान गरिएको थियो । कम्पनीको आईपिओको पहिलो कारोबार प्रतिकित्ता ४३८ रुपैयाँमा भएको छ । यो समाचार तयार पर्दासम्म कम्पनीले ११ कित्ता सेयर कारोबार गरेको छ ।

कम्पनीलाई कारोबार गर्नको लागि नेप्सेले  MLBSLसिम्बल दिएको छ । कम्पनीले माघ ३० गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो। बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणको लागि छुट्याइएको थियो ।