काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढसहित चार अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसीप) मोडलमा सञ्चालन गर्न दिनेबारे अध्ययनको तयारी भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र समितिको मंगलबार बसेको बैठकमा राखिएको चासोमा मन्त्री किरातीले यसबारे अध्ययनका लागि समिति बनाउने तयारी भइरहेको जानकारी दिएका हुन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका सांसदले चार विमानस्थल सञ्चालनका विषयमा चासो राखेका थिए ।
मन्त्री किरातीले अहिले भैरहवा, पोखरा विमानस्थलको व्यवस्थापन फरक फरक संस्थालाई दिँदा समन्वय गर्न सहज नभएको भन्दै अध्ययन समिति बनाउने तयारीमा लागेकाे बताए ।
उनले भने, ‘चार वटालाई नै बण्डलिङ गर्ने र त्यसले निश्चित समयभित्र नयाँ एयरपोर्ट पनि बनाउने । सुरक्षाको प्रबन्ध नेपाल सरकारले गर्छ, अरु पीपीपी मोडलबाट सञ्चालन गर्दा कसो होला भनेर हामीले अध्ययन समिति बनाउँछौं ।’
प्रतिक्रिया