काठमाडौं–बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव डा. कृष्णहरी पुस्कर र शंकरदेव क्याम्पसका उपप्राध्यापक उदय निरौला सदस्य रहने गरी छनोट समिति बनाइएको जनाइएको छ । निरौला विज्ञका रुपमा समितिको नियुक्त गरिएको हो ।
अब धितोपत्र बोर्ड ऐनको दफा ७ बमोजिम समितिले कार्यविधि बनाएर विज्ञापन प्रकाशित गर्नेछ र आवेदन दिनेमध्येहरुबाट ३ जना छनोट गरी सरकारलाई सिफारिस गर्नेछ । अर्थमन्त्रीको प्रस्तावमा उक्त सिफारिसमा परेका ३ जनामध्ये १ जनालाई मन्त्रीपरिषदले बोर्डको अध्यक्ष नियुक्ति गर्नेछ ।
गत पुस २० गते रमेश हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त छ ।
प्रतिक्रिया