एक वर्षमा उल्लेख्य काम गरेको मन्त्री सुदन किरातीको दावी, टुइनअटर जहाज तत्काल सञ्चालनमा ल्याउने

एक वर्षमा उल्लेख्य काम गरेको मन्त्री सुदन किरातीको दावी, टुइनअटर जहाज तत्काल सञ्चालनमा ल्याउने


काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले गएको एक वर्षमा १ सय १ वटा उल्लेख्य काम गरेको दावी गरेका छन् । किराँतीले मन्त्रालय जिम्मा लिएको एक वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा केही कानूनको तर्जुमा, सुधार र नियमावलीलाई समय सापेक्ष बनाउने गरी काम अघि बढेको मन्त्री किरातीले जानकारी दिए ।

त्यस्तै नयाँ पर्यटन गन्तव्य होस् भनेर ६० वटा भन्दा बढी पुराना गाउँको खोजी कार्य अघि बढाएको उनले बताएका छन् । सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउने भनेर कार्यविधिको ड्राफ्ट नै तयार र पर्यटन दशकलाई अझ तीव्र बनाउनको निम्ति कार्यान्वयन गर्न कार्यक्रम तयारी गरिरहेको उनको भनाई छ । ठुलो पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमको तयारीमा रहेको उनले बताए ।

उनले एक वर्षमा दुर्गम क्षेत्रको उडानमा लक्षित गरेर नेपाल वायुसेवा निगमको जहाज खरिदको टेण्डर अन्तिम चरणमा रहेको, १२ वर्षदेखि ग्राउण्डे नेवानीको टुइनअटर जहाज मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन लागिएको, क्षेत्रीय विमानस्थलमा उडानका लागि ३ र अन्तर्राष्ट्रिय उडानका लागि ३ न्यारोबडी जहाजको लिजमा लिने प्रक्रिया अघि बढाइएको, चिनियाँ जहाजको लिलाम बिक्री अघि बढाइएको, नेवानीको सावाँ ब्याजको चार अर्ब किस्ता तिरेको, निगमको सुधारका लागि भए गरेका काम पनि सार्वजनिक गरेको हुन् ।