पैसा नभएको चेक दिने पक्राउ, १६ लाख जरिवाना र २ दिन कैद सजाय हुने

पैसा नभएको चेक दिने पक्राउ, १६ लाख जरिवाना र २ दिन कैद सजाय हुने


बैकिङ्ग समाचार ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–४ बस्ने ४३ वर्षीया भावना श्रेष्ठलाई काठमाडौँको चण्डोलबाट प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ पुस २९ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद र रु १६ लाख जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही श्रेष्ठ फरार हुँदै आएकी थिइन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनले विसं २०७५ पुस ३ र १८ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक टङ्गालको खाताबाट भुक्तान हुने गरी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । त्यसपछि उनी फरार हुँदै आएकी थिइन् । प्रहरीले उक्त फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरेको ब्यूरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिईन्।