एभरेष्ट इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?


बैकिङ्ग समाचार । 
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको हिजो बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा चुक्तापुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँको ८ प्रतिशतले हुन आउने ८ करोड ७६ लाख ७४ हजार ४०० रुपैयाँबराबरको बोनस सेयर र ०.४२ प्रतिशतले हुन आउने ४६ लाख १४ हजार ४४२ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) रहेका छन्। 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।

Skip This