रिलायन्स फाइनान्सले १०% बोनस सेयर बाँड्ने

राजु ढुङ्गेल
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको हिजो बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा चुक्तापुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ३२ लाख ४१ हजार ६०६ रुपैयाँबराबरको बोनस सेयर र ०.५३ प्रतिशतले हुन आउने ४३ लाख ८१ हजार १३७ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।