बैंकिङ्ग समाचार ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले धनगढीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम गरेको छ । कम्पनीले शनिवार सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गतका कर्मचारीहरुलाई तालिम सञ्चालन गरेको हो ।
कम्पनीले प्रदेश कार्यालय अन्तर्गतका ७ वटा शाखा, उपशाखामा कार्यरत २० जना भन्दा बढी कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम दिएको जनाएको हो ।
कम्पनीका अनुुसार गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, शुद्धीकरण गर्ने क्षेत्रहरू कुन(कुन हुन, नियन्त्रण प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने, दण्ड जरीवाना कति छ आदी विषयमा विस्तृत जानकारी दिईएको हो ।
कम्पनीका सहायक महाप्रबन्धक तथा मानव संसाधन विभाग प्रमुख सपना खरेलले तालिम दिएकी थिईन ।
प्रतिक्रिया