ग्वार्को तरकारी तथा फलफूल बजारमा कुमारी बैंकको क्यूआर सेवा शुरु

ग्वार्को तरकारी तथा फलफूल बजारमा कुमारी बैंकको क्यूआर सेवा शुरु


बैकिङ्ग समाचार । 
कुमारी बैंक लिमिटेडले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । ललितपुर महानगरपालिकाका मेयरचिरीबाबु महर्जन र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बिहिबार क्यू आर स्ट्याण्ड तरकारी व्यवसायीलाई संयुक्त रूपमा हस्तान्तरण गरे।

कुमारी बैंक लिमिटेडले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एप मार्फत भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दैे आईरहेको छ। “यस QR प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने/चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाईदाहरु रहेका छन्। 

त्यसैगरी, व्यवसायीहरु हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाई राख्नुपर्र्नेेे तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन्। उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि नलाग्ने  कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताए।

-क्यू आर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गईरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त रहेको बताए। ‘डिजिटल भुक्तानीमा विश्वसनियता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्न बैंकले समय समयमा डिजिटल कारोबार सम्बन्धी सचेतना कार्यक्रमहरु समेत गर्दै आइरहेको छ । हालसम्म यस बैंकले ७३०० भन्दा बढी व्यापारीहरु डिजिटल भुक्तानी प्रकृयामा आबद्ध गराईसकेका छन्’, उनले भने।