एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिइकाई खुद मूल्य रू.१०.२६

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिइकाई खुद मूल्य रू.१०.२६


बैकिङ्ग समाचार । 
एनआईसी एशिया डाइनमिक डेप्ट फण्डले माघ महिनाको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद मूल्य माघ मसान्तमा रू. १० दशमलव २६ पुगेको हो ।

यो मूल्य पुस मसान्तसम्ममा रू. १० दशमलव शून्य २ थियो । फण्डले माघ मसान्तसम्ममा रू. १ करोड ३१ लाख ७४ हजार नाफा कमाएको छ । यो नाफा पुस मसान्तमा रू. ११ लाख ८१ हजार  थियो । 

नाफा पुस मसान्तको तुलनामा माघ मसान्तमा ११ गुणाले वृद्धि भएको हो । फण्डले माघ महीनामा शेयर बजारमा लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै नाफामा पनि वृद्धि भएको हो ।

उक्त फण्डले माघ महीनामा सूचीकृत तथा सूचीकृत नभएका शेयर तथा डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य रू. ९ करोड ७२ लाख ५८ हजार १९९ रहेकोमा यसको बजार मूल्य रू. १० करोड ८५ लाख ५८ हजारभन्दा बढी पुगेको हो ।