बैंकिग समाचार काठमाडौं ।
आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले थप २१ वटा शाखा एकैसाथ खोल्ने भएको छ । देशैभरी आक्रामक रुपमा फैलीएको नम्बर वान विकास बैंकको रुपमा परिचित मुक्तिनाथ बैंकले सुदुरका जिल्लाहरुलाई तार्गेट गरी थप शाखा संञ्चालनमा ल्याउने जनाएको हो ।
मुक्तिनाथ विकास बैंकमा बजारीकरण तथा कर्पोरेट मामिला विभाग प्रमुखको रुपमा कार्यरत बसन्त बक्सीले थप २१ वटा शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी दिँदै मुक्तिनाथ विकास बैंकका सेवाहरु नेपालका कुनै वाणिज्य बैंकहरुको भन्दा कम नरहेको जिकिर गरे । उनले भने, ‘वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँमा डस्बिन वितरण, एम्बुलेन्स मर्मतसम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग लगायतका काम मुक्तिनाथ विकास बैंकले गरेको छ ।’
अहिले मुक्तिनाथ विकास बैंकका अहिले ग्रामीण र शहरी क्षेत्रमा गरी १३८ वटा शाखा शंख्या छन । अब २१ वटा शाखा थपिदाँ बैंकका १५८ वटा शाखा पुग्नेछन । जनतासामु बिविध बैंकिङ्ग सेवा सुविधा पुर्याउँदै मुक्तिनाथ विकास बैंक अन्य बैंकभन्दा अलिक फरक र अब्बल छ । मुक्तिनाथ नेपालको इतिहासमै सानो पुँजीमा बैंक खोलेर १० वर्षमै यतिधेरै अनुपातमा पुँजी वृद्धि, व्यापार वृद्धि गर्ने एक नम्बरको बैंक हो ।



About Us
प्रतिक्रिया