नारायणदास मान्नधर
प्रमुख कार्यकारी अधिकृत
प्राइम कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंक यस बर्ष एसिया प्रसान्त क्षेत्रको उत्कृष्ट बैंकको रुपमा छनोट भएको बैंक हो । बैंकलाई बेलायतको अक्सफोर्ड अन्र्तगतको युरोप विजनेश एसेम्बली (Europe Business Assembly: EBA) ले २०१६ को प्रस्टिजिएम इन्टरनेशनल अवार्ड प्रदान गरेपछि यस बैंकमाथि मानिसहरुको चासो र विश्वास दिनप्रतिदन बढ्दै गएको छ । प्राइम बैंकले उत्कृष्ट व्यवस्थापन, कर्मचारीलाई राम्रो सेवा सुविधा तथा सेवाग्राहीलाई राम्रो सेवा दिएको भन्दै उक्त संस्थाले अवार्ड प्रदान गरेको थियो । इबीले कम्पनीको कार्यसम्पादन, प्रभावकारीता, स्पष्ट दृष्टिकोण, सफल नेतृत्व, सृजनशिलता र नयाँ आविष्कार उच्च व्यवसायिकता, व्यवस्थापकिय कुशलता अचार र संस्थागत सामाजिक उत्तरदायित्व लगायतका विषयमा मुल्याङकन गरेर अवार्ड प्रदान गरेको हो ।
विनाशकारी भुकम्पपछि प्राइम बैंकले एक करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको थियो । भुकम्पका कारण विपतमा रहेका नागरिहरुलाई बैंकले खाद्यन्न, त्रिपाल जस्तापाता लगायतका भौतिक सामग्रीहरु वितरण गर्नुको साथै भुकम्प प्रभावित क्षेत्रमा डाक्टर लगेर सेवा प्रदान गरेको थियो । घर भत्किएर त्रिपालमा बसेका पीडितहरुलाई आत्मनिर्भर बनाउको लागि बैंकले निशुल्क बिऊबिजन वितरण गरेर विपतको बेला ठूलो सहयोग उपलब्ध गराएको थियो ।
खासगरी बैंकले जलविद्युत र कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ । प्राइम बैंकले स्थापना कालदेखि नै लगानीकर्तालाई राम्रो प्रतिफल दिदै आएको छ ।
गत आर्थिक बर्षमा कम खर्च गरेर बढी नाफा कमाउने बैकमध्ये प्राइम बैंक पहिलो सूचिमा रहेको थियो । बैंकले विशेषगरी जलविुद्यत, सिमेन्ट उद्योग, कृषि, उद्यमशिलता लगायतको क्षेत्रमा लगानी गर्दै आएको छ । यसै विषयमा केन्द्रीत रहेर प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरसँग बैकिङ्ग क्षेत्रको अवस्था, राष्ट्र निर्माणमा बैकिङ्ग क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिका र आगामी दिनको योजना लगायतको विषयमा केन्द्रीत रहेर बैकिङ्ग समाचारका लागि राजु ढुङगेलले गरेको कुराकानीः–
अहिलेको बैकिङ्ग क्षेत्रको अवस्था कस्तो छ ?
–अहिले बैकिङ्ग क्षेत्रको अवस्था धेरै राम्रो छ । राम्रो बनाउने देन नेपाल राष्ट्र बैंकको हो । राष्ट्र बैंकले नियमन निकाय भएर सययमा नै शसक्त रुपमा भूमिका खेल्दा बैकिङ्ग क्षेत्र राम्रो भएको हो । राष्ट्र बैंकले समयमा नै सकारात्मक भूमिका निर्वाह नगरेको भए हाम्रो देशमा पनि ठूलो दुघर्टना हुन्थ्यो । जुन दुघर्टनाबाट राष्ट्र बैंकले जोगाएको छ । बैकिङ्ग क्षेत्रमा रहेका विकृति र विसङ्गतीलाई समसामहिक नीति ल्याएर कन्ट्रोल पनि गर्यो । यस कारण बैकिङ्ग क्षेत्रको अवस्था राम्रो छ ।
मानिसहरुलाई आत्मनिर्भर बनाउने प्राइम बैंकको के योजना छ ?
–हाम्रो मुख्य उदेश्य नै आम नेपालीहरुलाई आत्मनिर्भर बनाउने हो । त्यसको लागि तत्कालिन र दिर्घकालिन कार्यक्रमहरु बनाएका छौं । पाटनमा युवाहरु त्यतिकै बसिरहेका थिए । मूर्तिहरु बनाउनको लागि डिमान्ट आउदा धान्न नसक्ने अरु महिना बेरोजगार हुने अवस्था देखियो । धेरै युवाहरु मुर्ति बनाउने पेसा नै छोडेर विदेशिन थाले । युवा विदेश जाने भएपछि सीप पनि विदेशिने भयो । । पाटनको पहिचान नै समाप्त हुने भो । त्यसका लागि खोलिएका संघ संस्था के–का लागि ? त्यस क्षेत्रलाई बचाउन केही गर्नु पर्यो भनेर हामीले विशेष योजना अगाडि सार्यौं । पाँच जना सामुहिक रुपमा जमानी बसेपछि बिना धितो हामीले ऋण उपलब्ध गरायौं । अहिले बाह्रै महिना काम गरेका छन् । बैंकको ऋण पनि तिरेका छन् । कमाई नभएपछि बेइमानी गर्ने बाँध्यताको कुरा हो । व्यवसायबाट कमाई भयो भने बेइमानी हुन कोही पनि खोज्दैन ।
घर जग्गा भएर पनि न्युरोड क्षेत्रका बासिन्दाले बैंकबाट ऋण पाउदैनन भन्छन नि ?
न्युरोड क्षेत्रमा सयौं बैंकहरु छन् । घर सम्पत्ति छ । व्यवसाय पनि छ, तर ऋण पाउदैन्थे । बैंकले आफ्नो लगानी सुरक्षित बनाउनको लागि मोटर बाटोले छोएको घर जग्गालाई मात्र प्राथमिकता दिन्छ । न्युरोडमा त गल्ली र चोकभित्र कहाँबाट मोटरबाटो जान्छ ? यहाँका बासिन्दासँग सीप र आम्दानी छ । पहिलो पटक हामीले यो एरियालाई ऋण उपलब्ध गराएका छौं । काम गरेका छन् । ऋण तिरेका छन् । वत्ति मुनिको अध्याँरो न्युरोड क्षेत्रलाई हामीले झलमल्ल पार्ने काम गरेका छौं ।
बैंकहरुले अनुत्पादक क्षेत्रमा बढी लगानी गर्छन भन्छन नि किन ?
दुई पैसा राखेर पाँच पैसाको आम्दानी भयो भने उत्पादनमुलक भन्छन । तर देशको अर्थतन्त्रको समष्टिगत रुपबाट हेर्दाखेरी त्यो मात्र पनि होइन । घर बनाउन पैसा दिएको छ । अनुत्पादक हो भन्दा मलाई ताजुक लाग्यो । दुई मानेमा एउटा विज्ञहरु उद्योग धन्दा कलकारखाना फस्टाउन सकेन भनिरहनुभएको छ साथै आउने सम्भावना छैन भन्नुहुन्छ । त्यो बेलामा रोजगारी सृजना कसरी गर्ने त ? घर बनायो भने धेरैले काम पाउछन . केही भएन भने बनाएको बाटो फेरी भत्काएर पनि बनाउनु पर्छ । किनकी रोजगारी सृजना गर्नको लागि । विज्ञहरुबाट यस्तो प्रतिक्रिया आउदा दिक्क लाग्छ । घर बनाउदा सिमेन्ट बालुवा, माटो गिटी विक्री हुन्छ। डकर्मी सिकर्मीले काम पाउछन । हेर्ने कसरी हो ? समय अनुसार पनि व्याख्या हुनु पर्यो ।
बैकिङ्ग क्षेत्रमा रहेको विकृति र विसङ्गति हटाउने कसले के गर्नुपर्छ ?
जब कि देशमा परिवेश यस्तो छ भने बैकिङ्ग क्षेत्र मात्र कसरी अछुतो होला ? राष्ट्र बैंकले समयमा नै धेरै कुराको उजागर गरिदियो । धेरै कुरामा पारदर्शी बनाएको छ । नियमन निकाय त हरेक क्षेत्रमा छन् । । वाणिज्य उद्योग क्षेत्र जहाँ पनि छ तर थाहा छैन । राष्ट्र बैंकले खेलेको भूमिका निकै प्रशसंनीय र स्मरणयोग्य छ । त्यो अनुसार सुधार पनि ल्याएको छ । राष्ट्र बैंकले अहिले ल्याएको नीति ठिक छ भनेर मात्र अब केही गर्नु पर्दैन भन्ने होइन । अझै परिमार्जन गर्नुपर्ने होला । राष्ट्र बैंकले आफ्नो नीतिमा परिमार्जन गर्नुपर्ने आवश्यकता छ । राष्ट्र बैंकले क्यापिटल पावर बढाउनु पर्छ भनेर नीति ल्यायो । यो राम्रो कुरा हो । अब जनताको पैसासँग खेलवाड गर्नु भएन । लगानी गर्ने क्षमता बढाउनु पर्यो । पुँजी मात्र बढाएर हुन्छ त ? शेरहोल्डरलाई के गर्ने त ? अहिलेको पोलिसी अनुसार कुनै पनि बैंकले लगानी गर्दैनन् । एउटा प्रोजेक्टमा हाम्रो बैंकले लगानी गर्दैन । लगानी गर्ने पाटोमा राष्ट्र बैंकले समायानुकुल नीति ल्याउनु पर्छ ।
प्राइम बैंकले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न कसरी सफल भयो ?
यो कुनै निवेदन भनसुन गरेर पाएको अवार्ड होइन । यो अपरझर्ट आएको चिज हो । बुझ्दै जाँदा बेलायतको अक्सफोर्ड अन्र्तगतको युरोप विजनेश एसेम्बली (इबीए)ले प्रदान गरेको अवार्ड हो । अवार्ड दिने संस्थाले विज्ञप्ती नै जारी गरेर के–के कारण दिनुपरेको हो भनेर स्पष्ट पारेको छ । पुँजीगत रुपमा पनि हामी टपमा नै छौ । व्यवस्थापनदेखि स्टाफसम्म मुल्याङकन गरेको छ । यो अवार्ड देशको लागि नै गर्वको विषय हो । सुरुमा त मैले स्वीकार गरिन । मलाई भौतिक प्रगति पद र पदक भन्नेमा इच्छा छैन् ।
गोरखा दक्षिणबाहु दिदा समेत मैले लिइन । बैंक अफ दि इयर भनेर प्रदान गरेको अवार्ड देशको लागि पनि हो । यो गौरवको कुरा हो ।
विनाशकारी भुकम्पको समयमा यहाँहरुले कस्तो भूमिका निर्वाह गर्नुभयो ?
जनताको पैसाले चलेको संस्था हो । बैंकमा पैसा छ भन्दैमा जताभावी खर्च गर्ने कुरा भएन । प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ जम्मा गरिदियौं । हामीले भुकम्प पीडितहरुको लागि खाद्यन्न पाल जस्तापाता, औषधी डाक्टरको टिम पठाएर सहयोग गर्यौ भुकम्पबाट विद्यालय जान नसक्ने विद्यार्थीहरुको लागि ब्याग वितरण गर्यौ । भुकम्प पछि गाउँमा पुगेर कृषकहरुलाई आफ्नो घर आफै सम्हाल भन्ने उदेश्यको साथ खेती गर्नको लागि विऊबिजन वितरण गरेर सहयोग गर्यौ । अवस्था निकै जटिल थियो तर पनि हामीले सेवा बन्द गरेनौ । सबैलाई डर त्रास थियो । बत्ति थिएन । तर पनि जहाँ–जहाँ खोल्न मिल्छ त्यहाँ खोज्यौ । देशमाथि ठूलो विपति आइपर्दा सेवा बन्द गरेर बस्ने कुरै भएन । भुकम्पको समयमा हामीले भुकम्प पीडितहरुलाई ज्याला दिएर आफ्नो घर आफै सम्हाल र आत्मनिर्भर हुने अभियान चलायौं । खेतीपातीको समयमा हामीले कृषकको लागि चाहिने बिऊबिजन प्रदान गर्यौ । सिचाइँको लागि पाइपको व्यवस्थापन गर्यौं । अहिले ति कृषकहरु करोडौका मालिक भएका छन् । अहिले उनीहरुले सरकारको मुख ताक्नु परेन, आफै आत्मनिर्भर भएका छन् ।
लोडसेडिङको व्यवथापन कसरी गरिरहनुभएको छ ?
समयमा नै सम्भाव्यता हुँदाहँदै पनि हामीले ठूला जलविद्युत आयोजना निर्माणको काम अगाडि बढाउन सकेनौं । अरुण तेस्रो आएको भए के हुन्थ्यो ? कुन महाशय हो अरुण तेस्रो रोक्ने ? भित्र के छ मलाई थाहा छैन । काममा विकृति छ भने सच्याउनु पर्यो । आज विद्युत नहुँदा बैकिङ्ग क्षेत्रले मात्र होइन देशभर कति खर्च भएको छ त्यो सरकारले देखेकै होला । त्यसको लेखाजोखा छ ? जेनेरेटर, सोलार,ब्याट्री कति चाहिएको छ । यो सब एक दुई जनाको अदुरदर्शिताको कारण हो ।
विद्यमान लोडसेडिङ हटाउन प्राइम बैंकले के योजना बनाएको छ ?
–हाम्रो बैंक स्वदेशी बैंक हो । स्वदेशी भन्नुको माने हामी जोसँग कारोबार गर्छौ त्यो स्वदेशी नै चाहियो । हो लोडसेडिङको कारण समस्या छ । अब विगत सम्झिएर गाली गर्ने कि हामी पनि केही गर्ने त ? हाम्रो बैंकले पहिलो प्राथमिकता हाइड्रोपावर निर्माणलाई दिएका छौं । स्वदेशी बैंक भएकै कारण केही गरौं । केही बर्षभित्र नै सम्पन्न गर्ने गरी अढाइ सय मेगावाट विद्युत उत्पादनको लागि प्रसेस अगाडि बढाएका छौं । हाल देशमा साढे चार सय मेगावाट छ । अबको तीन बर्षमा केही योगदान होस भन्ने हाम्रो लक्ष्य रहेको छ । बैंकले गर्न सक्ने काम गरौं भनेर जलविद्युतलाई प्राथमिकतामा राखिएको हो । अरुलार्ई दोष देखाउनु भन्दा आफूले गर्न सक्ने काम हामी आफै गरौं । हामी पनि गर्न सक्छौं ।
अन्य बैंकको तुलनामा प्राइम बैंकले विपतमा परेका नागरिकहरुलाई दिने सुविधा के हो ?
राजधानी काठमाडौंका बाटोहरु फराकिलो पारियो । राम्रो मध्येमा यो काम पनि एक हो । बाटो विस्तार गर्दा धेरै मानिसहरुको घर भत्कियो । उनीहरुमाथि ठूलो आपतविपत पर्यो । हामीले हेर्यौं । भत्किएको घरमा उनीहरु पूरै टोलाएर बसेका छन् । जोसँग पैसा छ उनीहरुले घर बनाए । नहुनेहरुको अवस्था कठिन भएको देखेपछि हामीले मानविय सेवा पुर्याउने उदेश्यले उनीहरुलाई घर कर्जा दियौं । बैंकले १ अर्ब कमाउनुको सट्टा ९५ करोड मात्र कमाउदा के फरक पर्ला त ?
बैंकको पुँजी कति छ ?
हाम्रो हाल ३२ वटा शाखा छन् । यसलाई विस्तार गर्ने योजनामा छौं । सेयरहोल्डर सत्तरी हजार छन् त्यसैगरी चार सय भन्दा बढी कर्मचारी छौं । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।
कृषि प्रदान देशमा बैंकहरुले कृषि क्षेत्रमा लगानी किन गर्दैनन ?
–कृषि प्रधान देश भन्छौ छ पनि । वाणिज्य वैंक पन्छिन खोज्छ । कृषि क्षेत्र खर्चिलो छ । पक्कै पनि हो । विवाद नै छैन् । त्यो भनेर हामी पन्छिन त ? कृषि विकास बैंकले मात्र सम्हाल्न सक्छ त ? हामी चुप लागेर बस्ने ? हामीले कुन–कुन ठाउँमा के–के गर्ने भनेर पहिचान गर्यौ । जहाँ सम्भाव्यता छ परम्परागत रुपमा खेती गरिदै आएको छ । जहाँ सिप र क्षमता छ । त्यो क्षेत्रमा हामी लाग्यौ । त्यसको लागि बाँधा छ । कार्यविधिको बाधा छ । जग्गा लिन हुने नहुने लगायतका समस्या छन् । तर पनि हामीले निर्णय गर्दा पुग्छ । राष्ट्र बैंक र सरकारले रोकेको त होइन । जिरीमा चिज फ्याक्ट्री छ । स्वदेशमा मात्र होइन विदेशमा पनि माग छ । चौरीगाई पाल्ने मान्छे छैनन् । चौरीगाई पाल्न लेकमा बस्नु पर्यो । गाई पाल्नेसँग धितो के लिने त उता गाई नै लोभ हुन लाग्यो । त्यसको लागि हाम्रो बैंकले व्यवस्था मिलायौ । हामीले लगानी गर्यो काम राम्रो थियो फाइदा भयो । हामीले राम्रो बनाएपछि हिमालय प्राजेक्टले देख्यो अहिले उ लागेको छ । हामी फर्कियौ । हामीले गरिरहनु पर्छ भन्ने छैन् । जसले गरे पनि भयो नि ?
कृषिलाई पकेट क्षेत्रको रुपमा विकास गर्न खोजिरहेका छौं । नेपालमा चल्ला उत्पादन हुँदैनथ्यो अहिले हाम्रो लगानीमा स्वदेशमा नै चल्ला उत्पादन गर्ने व्यवस्था मिलाएका छौं । कुखुरा पाल्नेहरुले अहिले भनेकै बेलामा चल्ला प्राप्त गर्न सक्छन् । काम नभएका दिदीबहिनीहरुलाई हामी आफैले काम दिएका छौं । सिलाईबुनाई मेसिन दिएका छौं । मेहनत गर्छन । आत्मनिर्भर हुन्छन । बैंकको ऋण तिर्छन । हामीले दिएको पुँजीबाट उसले उत्पादन गर्न सिकोस न । उसको कमाई पनि चल्छ । समाजको आर्थिक विकास पनि हुन्छ ।
यत्रा धेरै बैंकहरुको भिडमा प्राइम बैंकलाई रोज्नु पर्ने कारण के हो ?
हाम्रो बैंकमा ग्राहकहरुलाई परिवार सदस्य भन्छौ । ऋणि भन्दैनौ । यहाँ भेटनको लागि अनुमति लिनु पदैन । आफ्नो घरमा आउन किन अनुमति किन चाहियो ? ग्राहकको समस्या सुन्छौ र गर्न सकिने कामको लागि पर्खाइ राख्दैनौ तत्काल नै गरिहाल्छौ । आपत विपत पर्दा र अपठ्यारो पर्दा दुःखमा मलहम लगाउने काम गछौं । ऋण मात्र होइन प्राइम बैकको ग्राहक बन्दा दुःखको बेलामा पनि सहयोग गर्छ भनेर मानिसहरु हाम्रो बैंकमा आउने गर्छन । यो विश्वास आस्था र सदभावनलाई कायमै राख्नु हाम्रो एक मात्र उदेश्य हो । राम्रो कामको सुरुवात हामीले नगरे कसले गर्छ । अहिले हाम्रो देशभर गरेर पौने दुई लाख ग्राहकहरु रहेका छन् । जो ग्राहक छन् कोही पनि दुःखी छैनन् । सबै खुसी छन् । यो हाम्रो सम्पत्ति हो ।
आगामी दिनको योजना के छ ?
देशले प्राथमिकता दिएको काममा हामी जान्छौं । हामी कृषिमा विशेष रुपमा प्रवेश गरौ भनेर योजना बनाएका छौं । धादिङ चितवन र मकवानपुरमा पकेट क्षेत्र हेरेका छौं । कृषकलाई घर आँगनमा नै पैसा पुर्याएर कृषि क्षेत्रमा आर्कषित गराउन चाहेका छौं । नयाँ प्याकजे लिएर जादैछौ ।
प्रतिक्रिया