६० हजार ८ सय ऋणीलाई सहुलियतपूर्ण कर्जा

६० हजार ८ सय ऋणीलाई सहुलियतपूर्ण कर्जा


बैकिङ्ग समाचार ।
२०७७ पुस मसान्तसम्ममा ६० हजार ८ सय ७९ ऋणीले सहुलियतपूर्ण कर्जा पाएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको चालु आर्थिक वर्षको ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्टले यस्तो यस्तो देखाएको छ । 

यस्तो सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.१०० अर्ब ३७ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३३ हजार ८ सय १७ ऋणीलाई प्रवाह भएको रु.७६ अर्ब ५९ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २७ हजार ६२ ऋणीको रु.२३ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ ।

२०७७ पुस मसान्तमा सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा रु.६९ अर्ब ९६ करोड लगानीमा रहेको छ । यस बाहेक “पुनरकर्जा कार्यविधि, २०७७” को व्यवस्था बमोजिम यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ठ रुपमा प्रदान गरिने पुनरकर्जाका लागि ३७ बैंक तथा वित्तीय संस्थाबाट रु.४५ अर्ब २५ करोड माग भई स्वीकृतिको प्रक्रियामा रहेको राष्ट्र बैंकले  जनाएको छ