विवादित समयमा पनि बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित होइन : उद्योग परिसंघ

विवादित समयमा पनि बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित होइन : उद्योग परिसंघ



बैंकिङ्ग समाचार, काठमाडौं
नेपाल उद्योग परिसंघ सीएनआईले विवादित समयमा पनि नियमित बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित नभएको प्रतिक्रिया दिएको छ । डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे सोमबार पत्रकार सम्मेलन गर्दै सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरुले विवादित समयको समेत नियमित बिल तिरिरहेको बताए ।

उनले अहिले थप बिलको मात्र विवाद भएको भन्दै विवाद समाधान गर्नुपर्नेमा नेपाल विद्युत् प्राधिकरणले लाइन काट्नु उचित नभएको प्रतिक्रिया दिएका छन् ।

उनले लाइन जोडेर विवाद समाधान गर्न समेत माग गरेका छन् । यस विवादमा सरकारले समाधानको पहल गर्न नसकेको गुनासो समेत उनले गरे ।

सरकारले लाइन काटेका उद्योग उत्पादनसँग सम्बन्धित रहेको भन्दै यसले रोजगारीमै असर पर्ने बताए ।