घाटा बढेपछि पाँचवटा जहाज बेच्दै नेपाल एयरलाइन्स

घाटा बढेपछि पाँचवटा जहाज बेच्दै नेपाल एयरलाइन्स


काठमाडाैं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पाँचवटा जहाज लिलामीका लागि टेण्डर आह्वान गरेको छ। चीनबाट किनेर ल्याइएका ती जहाज सञ्चालनका क्रममा निगम करिब एक अर्बकाे घाटामा गएकाे छ।

निगमले बाेलपत्र आह्वान गर्दै इच्छुक कम्पनीहरूले जहाज किन्न आवश्यक डकुमेन्टसहित आवेदन दिनसक्ने जनाएकाे छ।आएका आवेदनमध्ये स्वीकृत आवेदनबाट अक्सनमार्फत जहाज बिक्री गर्नेछ।

निगमले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको सूचनामार्फत् जानकारी दिएकाे छ। इच्छुक कम्पनीले आज (२१ डिसेम्बर)देखि ४ फेब्रुअरी (माघ २१) सम्म आवेदन दिनसक्नेछन्।

यी चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।