Success Story

तनाव कम गर्न थालेको काम नै बन्यो ब्रान्ड

तनाव कम गर्न थालेको काम नै बन्यो ब्रान्ड


पछिल्लो समय उद्यम गर्ने महिलाको सहभागिता बढ्दै गएको छ । राज्यले उद्यमी महिलालाई छुट र सहुलियत प्रदान गरेसँगै पछिल्लो ८ वर्षमा मात्रै १ लाख ७९ हजार महिला उद्यमी थपिएका छन् ।

आफ्नै पुँजी, प्रबन्ध र नियन्त्रणमा आत्मनिर्भर भई उद्योग व्यवसाय सञ्चालन गरेर उद्यमशीलतामा नाम कमाएका उदाहरण हामी प्रशस्त पाउँछौँ । त्यसैमध्ये एक हुन रिच्चा कालिगे । उनी स्वतन्त्र स्वभावकी छिन् । मान्छेले भन्न अप्ठ्यारो मान्ने विषयमा उनी खुलेर कुरा गर्छिन् । आफ्नो विचारलाई निडर भएर प्रस्तुत गर्छिन ।

उनी मिडियामा काम गरिरहँदा आफ्नै व्यवसाय गर्छु भन्ने जोसका साथ मिडियाको जागिर छोडेर उनी व्यवसायमा लागिन । रिच्चाले पहिले त सोखका लागि सामान बुन्थिन, अहिले भने सामाजिक सञ्जालमा मेक्रेमि लभको नामबाट व्यवसाय नै सुरु गरेकी छिन् ।

मेक्रेमिबाट उनले हातैले बुनेको ऊनका सामान, सजावटका सामान, टोपी लगायत थुप्रै वस्तुहरु बिक्री गरिरहेकी छन् ।
उनी धेरै महिलालाई तालिम पनि दिन्छिन् । उनी भन्छिन् ̒ मेरोमा धेरै बैंकमा काम गर्ने दिदी बहिनी आउनुहुन्छ । तनाव कम गर्न अथवा आफ्नो मन केहीमा डुलाउन उहाँहरु आउनुहुन्छ।’

रिच्चा भन्छिन, ‘मान्छेले जे सोच्छ, त्यसलाई कलामा ढाल्न सकिन्छ । त्यसले ग्राहकलाई खुशी त बनाउनुको साथै आफ्नो सिर्जनशीलताको दायरा पनि फरक बनाउँछ ।’ उनी भन्छिन, ‘यहाँ बन्ने सामानको मूल्य, त्यसको डिजाइन, नाप र कस्तो सामान भन्नेले निर्धारण गर्छ । कति सामान नपाएर बाहिरबाट मगाउनु पर्ने झन्झट त आफ्नै ठाउँमा छ । कहिलेकसो सानो गल्तीले पूरै सामान खोलेर बनाउनुपर्ने क्षण पनि आउँछ ।’

दिनभर मोबाइलमा झुन्डिएर समय खेर फाल्नुभन्दा रिच्चालाई यस्ता सीपमूलक काममा लाग्नु अर्थपूर्ण लाग्छ । उनको अनुभव सुनाउँदै उनले भनिन, ‘धेरै महिलाहरू उनीसँग काम सिक्ने बहानामा मन शान्त गराउन पनि आउँछन । त्यहाँ आउने ग्राहकहरुले कला र मिहनेतको कदर नगरी, यस्तो सामानको पनि किन यति महँगो ! भन्दा नराम्रो लाग्छ ।’
भिडियो