बैंकिङ्ग समाचार, काठमाडौं ।
आजकल बैंक मोवाइलमै छ । त्यसैले सामान्य बैंकिङ्ग कारोवारका लागि बैंक नै धाइरहनुपर्ने वाध्यता हटेको छ । मोबाइल बैंकिङ्गको माध्यमबाट सबै प्रकारका भुक्तानी गर्न सकिन्छ । रेष्टुरेन्ट होस या सपिङ्ग मल, ‘क्यूआर कोड’ मार्फत बील भुक्तानी गर्न सकिन्छ । यसले सेवाग्राहीलाई घन्टौ लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ । विगतमा भौतिक रुपमा लिन सकिने सुविधाहरु डिजिटल हुँदा नयाँ पुस्तामात्र होइन पुराना पुस्ता पनि अभ्यस्त हुन थालेको राष्ट्रिय बाणिज्य बैंकका डिजिटल बैंकिङ्ग विभागका प्रमुख ऋषिराम ढकालले बताए। पूर्णरुपमा सरकारी स्वामीत्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले पनि स्थापना कालदेखिनै डिजिटल प्रविधिमा केहि न केहि अभ्यास गर्दै आइरहेको छ । सबै जिल्लाका सदरमुकाममा पुगेका बैंकका शाखाले पनि डिजिटल बैकिङ्गको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ढकालले सुनाए । बैकिङ्ग समाचारसँग कुरा गर्दै उनले भने, ‘जमाना डिजिटल प्रविधिमा होमिएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि यसलाई प्राथमिकतामै राखेको देखिन्छ ।राष्ट्रिय वाणिज्य बैंकले पनि डिजिटल बैंकिङ्ग प्रविधिसँग जोडिएका थुप्रै सेवा–सुविधाहरु ग्राहकहरुलाई प्रदान गरिरहेकै छ ।’ नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हालसालै तरकारी बजारमा क्युआरकोड उद्घाटन गरेको कार्यक्रमको उदाहरण दिँदै उनले भने, ‘अब यसलाई तिब्र गतिमा विकास गर्दै लैजानुपर्नेमा हाम्रो पनि उत्तीकै जोड छ । वाणिज्य बैंक पनि यसको उत्थान र प्रोत्सानका विषयमा सकारात्मक छ ।’
दाङमा रहेका एक व्यक्तीलाई तपाइले मोवाईल जित्नुभएको छ, लिन आउनुस भनेर यहाँबाट हामीले फोन गर्यौ । तर उनी त्यहाँबाट यहाँसम्म आफुले प्राप्त गरेको मोवाईल लिन आउन सकेनन । त्यसपछि हामीले उनीसँग सम्बन्धीत व्यक्तीलाई बैंकमा बोलाएर मोवाईल हस्तान्तरण गर्यौ । उनी दंग परे ।’
अहिले आएको ‘डिजिटलाईज’ बैंकिङ्ग टेक्नोलोजीमा सबैभन्दा धेरै प्रयोग हुने भनेको मोवाईल बैंकिङ्ग, एटिएम, इन्टरनेट बैंकिङ्ग, डिजिटल वालेटहरु र क्युआरकोड लगायत नै हुन । कार्ड भएपछि पिओएस र एटीएममा जाने भयो । मोवाइल बैंकिङ्ग भएपछि ‘अटोमेटिक’ क्युआर पेमेन्ट हुने भयो र फन्ड ट्रान्सफर पनि हुने भयो । ‘सरकारले क्युआरलाई अगाडी त बढाउने भनेको छ तर मुगु, जुम्ला, कालिकोटका प्रयोगकर्ताले कसरी क्युआर प्रयोग गर्ने त ? नेटवर्क नै नभएको ठाउँमा के गर्ने ?’ दुर्गम ठाउँको बाध्यता र अफ्ठयाराहरुलाई केलाउँदै ढकालले भने, ‘मुगुको एउटा ब्यापारीले क्युआर कोड माग गरेको खण्डमा पेपरमा क्युआर प्रिन्ट गरेर उसले तत्कालै काम गर्ने क्षमता राख्दछ । तर त्यहाँका उपभोक्ताहरु पनि सोही अनुरुपले प्रयोग गर्न सक्ने भइसकेका छन या छैनन भन्ने मुख्य कुरा हो ।’
डिजिटल बैकिङ्गको प्रयोगका लागि वित्तिय ज्ञान अपरिहार्य छ । वित्तीय पहुँच र त्यसमा वित्तीय सस्थांहरुले दिने प्रवाभकारी सेवाले मात्र डिजिटल सेवा विस्तार गर्न सकिन्छ । वित्तीय साक्षरतामार्फत डिजिटल बैकिङ्गमा प्रयोग हुने प्रविधिका उपकरणहरुको प्रयोग गर्ने तरिका र त्यसबाट हुने लाभ बारेमा जनसमुदायमा ठूलो शिक्षा दिने गर्छ। वित्तीय साक्षरतामार्फत नै समुदायमा पैसाको महत्व, त्यसको सदुपयोग र बचत मात्रै नभई डिजिटल प्रणालिका बारेमा समेत ज्ञान प्रदान गर्न सक्छ । गाउँ–गाउँमा वित्तिय ज्ञान प्रवाह गर्ने पनि बैंकको दायित्व हो । राष्ट्रिय बाणिज्य बैंकले पनि वित्तिय ज्ञान प्रवाहका लागि सिएसआर ( संस्थागत सामाजिक उत्तरदायित्व) अन्तर्गत थुप्रै रकम खर्चेको ढकालले जानकारी दिए । उनले भने, ‘अघिल्लो वर्ष हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकका उच्च ग्रामिण क्षेत्रका बासीन्दामा वित्तिय ज्ञान पुगोस भन्ने उद्देश्यका साथ थुप्रै कार्यक्रमहरु सञ्चालन गर्यौ । मोवाईल बैंकको प्रयोगका बारेमा सिकाउनको लागि थुप्रै स्कुल कलेजहरुमा पनि हामी पुग्यौं । हामीले वित्तिय ज्ञान पुर्याने र प्रयोग गर्ने त भनेका छौँ तर मर्चेन्ट उपभोक्ता पनि सोही अनुरुपले तयार हुनुपर्यो नी !’
२५ लाख ग्राहकहरु भएको राष्ट्रिय बाणिज्य बैंकमा अधिंकाश जेष्ठ नागरिकहरुको खाता छ। यसमा करिव साढे १४ लाख मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरु छन । नयाँ पुस्ता पुराना झन्झटिला प्रक्रिया त्यती मन पराउँदैनन । पुराना पुस्ताहरुलाई यसको विषयमा जानकारी नै छैन भन्दा फरक नपर्ला । कोहीलाई त्यती मतलब पनि छैन । एक किसिमले उनीहरुसँग फुर्सद पनि छैन। यस्तोमा बैंकका ग्राहकहरुलाई वित्तिय ज्ञान प्रवाहमा परम्परागत सेवा सुविधाबाट डिजिटल बैंकिङ्गका उपकरणका प्रयोग गर्ने बानीको विकास गराउनुपर्ने आवश्यक रहेको बताउँदै उनले भने ‘पुरानो बानीमा पोख्त भइरहेका ग्राहकलाई नयाँ सुविधातर्फ आकर्षण गर्न विभिन्न ज्ञान, सीप र प्रविधिका साथै उक्त सेवाप्रति विश्वसनियता अभिवृद्धि गर्दै लैजानुपर्छ । यसमा बैंक लागेको छ । नयाँ प्रविधिमा ग्राहक छिट्टै विश्वस्त हुन सक्दैनन । यो स्वभाविक कुरा हो ।’
डिजिटल बैकिङ्गमा केही ब्यवहारिक समस्याहरु पनि छन । सामान किन्दा कार्ड स्वाप गर्दा भुक्तानी नहुने, एटीएम मेसिनमा पैसा निकाल्नै समस्या, क्युआर पेमेन्ट गर्न खोज्दा भुक्तानी नहुने, रकम ट्रान्सफर गर्न खोज्दा ‘इरर’ मात्रै देखाउने लगायतका विभिन्न सतहका समस्याहरु बेला बेलामा आइरहन्छन । यस्ता विविद समस्याहरुलाई कम कसरी गर्न सकिन्छ भन्नेतर्फ बैंक तिब्र रुपमा लागेको उनी बताउँछन । उनी भन्छन, ‘केही काम गर्दा कुनै न कुनै समस्याहरु त आइहाल्छन । तर यसलाई समाधान कसरी गर्ने भन्ने मुख्य कुरा हो । राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरु सुरक्षाको हिसाबले पूर्ण रुपमा सुरक्षीत छन । त्यसमा कुनै संकोच मान्नुपर्ने अवस्था छैन । देखापरेका समस्याहरु भने विस्तारै हटेर जान्छन ।’
प्रविधिको ब्यापक प्रयोगले नेपालको बैंकिङ्ग ‘सिनारियो’ नै परिवर्तन भएको छ । तर अनलाइन कारोबार बढ्दै गएपछि विभिन्न साइबर अपराध र बैंकिङ्ग फ्रडका केसहरु छ्याप्छ्याप्ती भइरहेका छन ।त्यसैले राष्ट्रिय वाणिज्य बैंकले साइबर सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको छ । विश्व बजारमा भएको डिजिटल कारोबारमा भएको सुरक्षामा भएको लगानी र पूर्वाधारलाई बैंकले नजिकबाट नियाल्ने प्रयास गरिरहेको विभाग प्रमुख ढकाल बताउँछन । डिजिटल प्रबिधिबाट कारोवार गर्दा ग्राहक अत्यन्तै चनाखो र सुरक्षित कारोवार गर्नुपर्ने र आफ्नो युजर, पासवर्ड र पीन कोड कसैलाई पनि सेयर गर्न नहुने सुझाव उनले दिए ।
राष्ट्रिय वाणिज्य बैंककले सम्पूर्ण आन्तरिक तथा बाह्य सेवालाई डिजिटलाईज गर्न आक्रामक तयारीसमेत गरेको छ । यसको बढोत्तरीको लागि बैंकले स्कुल कलेजहरुमा कम्प्युटर हस्तान्तरण देखि ग्राहकहरुलाई स्मार्ट मोवाईल बाँड्नेसम्मको कार्य उनले बताए । डिजिटल माध्यमको सर्वाधिक प्रयोगकर्ताहरुलाई २०÷३० हजारका नयाँ स्मार्ट फोन बाँड्दाखेरीको किस्सा सुनाउँदै उनले भने, ‘हामीले केही समय अगाडी हामीले दशै तिहार अफर अन्तर्गत फोन पेको सहकार्यमा धेरै मोवाईल बैंकिङ्गबाट कारोवार गर्नेलाई गोलाप्रथाबाट छनौट गरि केहि मोवाईल बाँड्ने कार्यक्रम सञ्चालन गर्यौ । दाङमा रहेका एक व्यक्तीलाई तपाइले मोवाईल जित्नुभएको छ, लिन आउनुस भनेर यहाँबाट हामीले फोन गर्यौ । तर उनी त्यहाँबाट यहाँसम्म आफुले प्राप्त गरेको मोवाईल लिन आउन सकेनन । त्यसपछि हामीले उनीसँग सम्बन्धीत व्यक्तीलाई बैंकमा बोलाएर मोवाईल हस्तान्तरण गर्यौ । उनी दंग परे ।’
प्रतिक्रिया