इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा कति पर्यो आवेदन ?

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा कति पर्यो आवेदन ?


बैकिङ्ग समाचार । 
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ अन्तिम दिन मंगलबार साँझसम्ममा १५ लाख २६ हजार बढी आवेदकबाट २.३९ गुणा धेरै कित्ता शेयर माग भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार ७ अर्ब ५८ करोडको आईपीओमा मंगलबार साँझ ६ बजेसम्ममा १८ अर्ब ९ करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको आवेदन परेको हो । मेरो शेयरमा प्राविधिक समस्या आएपछि मंगलबार आईपीओ आवेदनको लागि एक घण्टा समय थप गरिएको थियो ।

बैंकको आईपीओमा १५ लाख २६ हजार ५२७ वटा आवेदन मार्फत १८ करोड ९ लाख ८५ हजार ८०० कित्ताको लागि माग परेको क्यापिटलले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको सि आश्वा प्रणालीबाट अझै आवेदन आउने क्रम रहेकाले आवेदन संख्या अझै बढ्ने जनाइएको छ ।

कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको हो । कुल ८ करोड कित्ता शेयर निष्काशनमा ल्याएकोमा ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।

आईपीओमा माघ २ देखि ६ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयरको मोबाइल एप तथा वेवसाइट मार्फत भर्न सकिने व्यवस्था गरिएको थियो ।

यो आईपीओ हालसम्मकै ठूलो साधारण शेयर (आईपीओ) हो । जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो । यसअघि एचआईडीसिएलले सर्वसाधारणमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर जारी गरेको थियो ।

कति कित्तासम्म पर्ला?
धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ता र सोभन्दा बढी सेयर बाँडफाँड गर्न पुग्ने अवस्थामा १० ले गुणा जाने अंकमा बाँडफाँड गर्नुपर्छ। 

इन्फ्रास्ट्रक्चरमा परेको आवेदनअनुसार  ४० कित्तासम्मका लागि आवेदन दिने सबैले मागेजति नै सेयर पाउने छन्। ५० कित्ता र सोभन्दा बढी सेयर माग गर्नेले भने गोलाप्रथाबाट ५० कित्ता वा ६० कित्तासम्म  सेयर पाउने छन्।

६० कित्ताभन्दा धेरै भने बाँडफाँड गर्न नपुग्ने देखिन्छ।