बैकिङ्ग समाचार ।
माघ ११ देखि दोस्रो बजारबाट शेयर खरिद गर्नेहरुले भोलिपल्टै ब्रोकर कम्पनीहरुलाई भुक्तानी गर्नुपर्ने भएको छ।
सिडिएस एण्ड क्लियरिङले माघ ११ देखि शेयर कारोबारको राफसाफमा 'टि प्लस टु' लागू गर्दैछ। अर्थात कारोबार भएको दिनबाहेक दुई दिनभित्रै राफसाफ हुनेछ। हालसम्म टी प्लस थ्री लागू हुँदै आएको छ।
जसका लागि खरिद गर्ने लगानीकर्ताले शेयर कारोबार गरेको भोलिपल्टै सोको रकम भुक्तानी गर्नुपर्नेछ। त्यस्तै सेयर बिक्री गर्नेले भोलिपल्टै इडिआइएस गर्नुपर्ने भएको छ।
इडिआइएसको पुरा रुप इलेक्ट्रोनिक डिपोजिट इन्स्ट्रक्सन स्लिप हो। यसैमार्फत लगानीकर्ताले सेयर बिक्री गरिसकेपछि आफ्नो नाममा भएको शेयर खरिद गर्नेलाई हस्तान्तरण गर्दछन्।
अनलाइन मेरो शेयरमार्फत बिक्री गरेको सेयर हस्तान्तरणका लागि स्वीकृत गरिन्छ। इडिआइएस हुन नसकेमा भौतिक रुपमै स्लिप भरेर ब्रोकर कम्पनीलाई बुझाउनुपर्दछ।






About Us
प्रतिक्रिया