नेप्सेमा हरियाली :१ दर्जनभन्दा बढी कम्पनीको शेयरमा सकारात्मक सर्किट

नेप्सेमा हरियाली :१ दर्जनभन्दा बढी कम्पनीको शेयरमा सकारात्मक सर्किट


बैकिङ्ग समाचार ।
साताको पहिलो कारोवार दिन नै नेप्सेमा हरियाली छाएको छ । आज आईतबार नेप्से २८ दसमलव ४६ अंकले बढेर २३ सय १५ दसमलव बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव १५७ अंकले बढेर चार सय ४३ दसमलव ४२ बिन्दुमा चढेको छ ।

आज दुई सय आठ वटा कम्पनीहरुको ५० हजार छ सय सात पटकको कारोवारमा एक करोड ५० लाख ३५ हजार दुई सय २१ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कारोवार रकम छ अर्ब ३७ करोड ४२ लाख ६७ हजार सात सय ८२ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा जलबिद्युत समुहको सुचक घटेर रातो देखिएपनि बाँकी ११ वटा समुहको सुचक बढेर हरियो देखिएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव एक अंकले बढेर १७ सय ३५ दसमलव ५७ बिन्दुमा चढेकोमा बिकास बैंक, निर्जीवन बीमा, जीवन बीमा,ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर सात हजार छ सय २३ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको युनाईटेड फाईनान्सको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव ७१ प्रतिसतले घटेर तीन सय ३० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल टेलिकमको प्रतिकित्ता १३ सय ५९ रुपैयाँ अन्तिम मुल्यमा ५८ करोड १० लाख १२ हाजार ६६ रुपैयाँको कारोवार भएको छ ।