Success Story

कलाकारहरुलाई नै लोभ्याएको काप क्रिएसन्स

कलाकारहरुलाई नै लोभ्याएको काप क्रिएसन्स

नमुना के सी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नमुना के सी काठमाडौं ।
पछिल्लो समय महिलाहरू आर्थिक रुपमा सबल बन्दै गएका छन् । आफ्नो व्यवसायलाई निरन्तरता दिँदै थोरै भएपनि आफैले कमाउन सकिने हो भने आत्मनिर्भर हुन सकिन्छ भन्ने धारणा पनि धेरैमा आइसकेको छ ।


यस्तै मध्ये एक हुन काप क्रिएसन्स ब्रान्डको सञ्चालिका अर्ती लाखे । झन्डै एक दशकको जागिर छोडेर ललितपुरकी अर्ती लाखे जोशी यति बेला आफ्नै व्यवसाय गर्दैछिन् । अर्ती कुनै पूर्व योजना लिएर व्यवसायमा होमिएकी होइनन् । उनी आफ्नो जागिरे जीवनबाट आजित भएर व्यवसायमा लागेकी हुन । सोचिन्ः नेपाली कपडा पनि ब्रान्डेड लुगा झै फैलाउन पाए ?

झट्ट हेर्दा विदेशी जस्तो देखिने नेपाली लुगा विदेशीहरूभन्दा उच्च गुणस्तरको हुन सक्छ भन्ने उनको विश्वास छ । ̒जागिरमा आफूले भने जस्तो हुन्थेन । त्यसैले आफ्नै केही गर्ने सोचेर काप क्रिएसन्स सञ्चालन गरे । उनी भन्छिन, ̒ घरको हरेक कुनामा कपडा हुन्थ्यो यसैमा केही रचनात्मक काम गरेर व्यवसाय गर्ने सोचे । ̕

उनले आफ्नो व्यवसायको यात्रालाई सम्झिदै भनिन, ̒ त्यति बेला नेपाल मेडिसिटी अस्पताल निर्माणको काम अन्तिम चरणतिर थियो । उनले सोचिन् त्यत्रो अस्पतालका खाटहरूमा चाहिने तन्ना र सिरानी खोल बनाउने जिम्मा कसले लियो होला ? बुझेर हेर्छु अनि काप क्रिएसन्सबाट बनाउने प्रस्ताव राख्छु । सोचेजस्तै उनी अस्पतालमा चाहिने कपडा आफूले बनाउने प्रस्तावसँगै प्रशासनमा पुगिन । अर्तीका अनुसार अस्पतालको भौतिक संरचना निर्माण काममा व्यस्त प्रशासनले यो विषयमा उति चासो देखाउन भ्याएको थिएन ।

̒ उहाँहरूको ध्यान कम गएको विषय हुनाले पनि मेरो प्रस्ताव मन पराउनुभयो । तन्ना र सिरानी खोलसँगै डाक्टर, नर्स र बिरामीलाई लगाउने लुगा बनाउने जिम्मा लियौं । यसरी काप क्रिएसन्सले आधिकारिक रूपमा २०७४ वैशाखदेखि काम थालेको हौं । ̕

काप क्रिएसन्स सञ्चालनका लागि सुरुमा अर्तीले १५ लाख रुपैयाँ लगानी गरिन् । यसमा केही बचत गरेको र केही परिवारबाट सहयोग लिएको रकम थियो । यहाँ चार सय पचासदेखि सोह्र हजार रुपैयाँसम्मका सामान पाइन्छन् ।
नेपाली कपडा पनि यस्तो राम्रो भन्ने थुप्रै ग्राहक हुनुहुन्छ उनले भनिन ̒ अझै पनि नेपालमा बनेको कपडा वा कुनै सामग्री कम गुणस्तरको हुन्छ भन्ने सोचाई छ । जुन एकदमै गलत हो । काप क्रिएसन्स मार्फत नेपालमा उत्पादित कपडा पनि गुणस्तरीय हुन्छ भन्ने बुझाउँदै छौ ।
अर्तिका अनुसार यी कपडा नेपालका विभिन्न कलाकार र सेलिब्रेटी पनि प्रयोग गर्छन ।

ग्राहकले आफैँले हेरेर छानेर कपडा किन्न रचाउँछन । यसले उनीहरूको व्यापारमा सकारात्मक प्रभाव पारेको छ । उनी दीर्घकालीन योजनाबारे भन्छिन्, ̒ काप क्रिएसन्स मार्फत नेपालमा उत्पादित कपडा विदेशमा चिनाउने योजना छ । यसलाई नेपाली ब्रान्डका रूपमा विस्तार गर्नुछ । भविष्यमा विभिन्न बाहिरी जिल्लामा पसल खोल््ने योजना पनि छ ।

̒ मैले व्यापारका लागि नभएर आफ्ना लागि व्यवसाय थाले । हालसम्म ग्राहकको प्रतिक्रिया सकारात्मक छ । त्यसमै सन्तुष्टि मिल्छ उनले भनिन् आफूलाई जे गर्न मन छ त्यसमै केन्द्रित भए सफलता र सन्तुष्टि दुवै पाइन्छ ।’