‘बैकिङ्ग प्रणलिमा \’ओभरफाइनान्सीङ्ग\’ ठुुलो समस्याको रुपमा देखिनेवाला छ’

‘बैकिङ्ग प्रणलिमा \’ओभरफाइनान्सीङ्ग\’ ठुुलो समस्याको रुपमा देखिनेवाला छ’


नविन अर्याल, शाखा प्रबन्धक, राष्ट्रिय बाणिज्य बैंक,गल्याङ

कोभिड-१९ महामारी भयो, अर्थतन्त्र धेर-थोरै ओरालो पनि लाग्यो । यसबाट माथि उठ्न र कोभिड-१९ को चुनौतीलाई अवसरमा बदल्नको लागि सरकारले सोही  अनुसार नीति नियम निर्माणमा गनुुपर्ने हुन्छ । कोभिडका बेला नेपालका बैंक तथा वित्तिय संस्थाहरुले खेलेको भुमिका उल्लेखिय छ ।  होटल, पर्यटन, यातायात जस्ता कोभिड १९ बाट अति प्रभावित व्यवसायलाई माथि उकास्न तथा चुनौतीलाई अवसरमा बदल्न सबै लागिपर्ने बेला आएको छ । यस्तकोरोनापछिको अर्थतन्त्र, गतिविधिको सम्बन्धमा बैकिङ्ग समाचारका लागि राष्ट्रिय बाणिज्य बैंक,गल्याङ शाखाका शाखा प्रबन्धक नविन अर्यालसँग गरिएको कुराकानीः

कोरोना कहरपछि समग्र राष्ट्रिय बाणिज्य बैंक र गल्याङ शाखाको बैकिङ्ग कारोबारको अवस्था कस्तो छ  ? 

कोभिड १९ को संक्रमणका कारण नेपाल सरकारले गरेको बन्दाबन्दी तथा स्थानीय सरकारहरुले गरेको निषेधज्ञाले सम्पूर्ण ब्यापार व्यवसाय बन्द भए । बैंकहरु पनि  आशिंक रुपमा मात्र सेवा दिन सफल भए । तर अहिले अवस्था केही फेरिएको छ । कोभिड १९ को शंक्रमण दर पूर्ण रुपमा नरोकिएपनि मानिसहरुले संयमता अप्नाएर आफ्नो दैनिकीलाई अढाडी बढाएका छन। व्यापार–व्यवसायले पनि गति लिन थालेको छ । हाल राष्ट्रिय बाणिज्य बैंक लगायत समग्र बैकिङ्ग प्रणालिमा निक्षेपको मात्रा बढि र कर्जा लगानी तुलनात्मक रुपमा कम हुँदा लगानीयोग्य रकम वा तरलता बढि छ । हाम्रो गल्याङ बजार शाखाको पनि अवस्था त्यही नै हो । निक्षेप संकलन तिब्र गतिमा बढ्दै छ भने नयाँ कर्जाको माग पनि बढिरहेको छ । 

अहिले बैकिङ्ग प्रणालिमा तरलता बढिरहेको छ । तपाईले पनि कर्जा लगानी तुलनात्मक रुपमा कम छ भन्नुभयो । खासमा यसको कारण के हो ? 

कोभिड १९ का कारण करिब ६ महिना बैंकहरुले कर्जा सम्बन्धी काम राम्रोसँग गर्न पाएनन । बन्दाबन्दी र निषेधाज्ञाका कारणले कर्मचारी तथा ग्राहकहरुलाई आवाज जावत गर्नै समस्या भयो । मालपोत कार्यालय बन्द हुँदा सेवा प्रभावित भयो, नगरपालिका, गाउँपालिका, वडा कार्यालय नापी कार्यालय, यातायात कार्यालय, भन्सार कार्यालय लामो समय बन्द हुँदा कर्जाको लागि आवश्यक पर्ने कागजात तयारी गर्न ग्राहकहरुलाई थप समय लाग्यो । त्यसैले बन्दाबन्दीको समयमा कर्जा लगानी अत्यन्त कम भयो । अर्को कुरा कोभिड १९ को विश्वव्यापी प्रकोपले रेमिट्यान्समा ठुलो असर पुग्ने अनुमान गरिएको थियो तर अपेक्षा गरेजस्तो रेमिट्यान्समा गिरावट आएन । त्यसले पनि बैंकमा पैसा जम्मा भयो । तर आर्थिक गतिविधि चलायमान हुँदै जाँदा उद्यमीहरुको मनोवल पनि बढ्दै गइरहेको छ । यसले हालका दिनहरुमा कर्जाको माग भइरहेको छ । 

कोभिड-१९ बाट अर्थतन्त्रमा परेको असरलाई कम गर्न सरकारलले घोषणा गरेको राहतका कार्यक्रमहरुको कार्यान्वयनको अवस्था कस्तो छ ?

कोभिड १९ बाट अर्थतन्त्रमा परेको प्रभावलाई कम गर्दै आर्थिक क्रियाकलाप बढाउँदै लैजान विभिन्न कार्यक्रमहरु घोषणा भए ।  नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले मौद्रिक निति मार्फत विभिन्न राहत प्याकेजहरुको घोषणा गर्यो । कोभिड १९ बाट प्रभावित व्यवसायलाई अती प्रभावित, मध्यम प्रभावित र कम प्रभावित गरी  तीन भागमा वर्गिकरण गरी सोही बमोजिम विभिन्न सहुलियतहरु दिइएको छ । पुर्नकर्जा सम्बन्धी कार्यक्रम, सहुलियपूर्ण कर्जा, ब्याजमा सहुलियत, धितो लिलामी पक्रिया केही समयको लागि स्थगन, बैंकहरुले गर्नुपर्ने सम्भावित कर्जा नोक्सानी व्यवस्थामा लचकता, कर्जाको पूर्नतालिकिकरण र कर्जाको पूर्नसंरचनाका लागि सहजीकरण, लामो समय बन्द रहेको व्यापार–व्यवसाय ताथ उद्योगलाई संचालन गर्नको लागि थप चालुपूँजी कर्जाको व्यवस्था, चैत महिनामा बुझाउनुपर्ने किस्ताको ब्याव रकममा १० प्रतिशत छुटको व्यवस्था, बन्दाबन्दीको समयमा साँवा तथा ब्याज तिर्न नसक्ने ग्राहकले २०७७ असार मसान्तसम्म बुझाउँदा अतिरिक्त जरिवाना नलाग्ने जस्ता कतिपय सहुलियतका योजनाहरु कार्यान्वयन सम्पन्न भएर केही ग्राहकहरुले सुविधा लिइसक्नुभएको छ । यस्तै कतिपय योजनाहरु हाल कार्यान्वयन भइरहेका छन । नेपाल राष्ट्र बैंकले मौद्रिक निति मार्फत ल्याउने योजना र समय–समयमा दिने निर्देशन कार्यान्वयन गर्नु बैंक तथा वित्तिय संस्थाहरुको दायित्व हुने भएकाले मौद्रिक नितिको बैंकहरुले प्रभावकारी ढंगबाट कार्यन्वयन गरिरहेका छन् । 

सहुलियतपूर्ण कर्जा र पुनरकर्जा कार्यक्रमहरु बैंकहरुले प्रभावकारी ढंगले कार्यन्वयन गरिरहेका छन भन्नुभयो, तर ग्राहकहरुले यस्तो कर्जा पाउन अत्यन्तै झनझट हुने गरेको गुनासो गर्छन नी ? 

उहाँहरुले गर्नुभएको गुनासो आशिंक रुपमा सत्य हो । बैंकले कर्जा लगानी गर्नुअघि व्यवसाय दर्ता लगायतका कानुनी कागजात, संचालन गर्न चाहेको व्यवसायको औचित्य, परियोजनाको स्थायीत्व, कर्जाको अवस्था, ग्राहकहरुको आर्थिक–सामाजिक अवस्था, उसको भावी योजना लगायतका कुरा विश्लेषण गरी कर्जाको सही सदुपयोग हुुन्छ या हुुँदैन भन्ने विषयमा ध्यान दिन्छ ।किनभने उक्त व्यवसायमा लगानी गरेको रकम र त्यसबाट आर्जन गर्ने मुनाफाले बैंकको सावाँ ब्याज तिर्न सक्दछ भन्ने कुरामा बैंक विश्वस्त हुनु पर्दछ । विश्वस्त नभएसम्म बैंकले लगानी गर्दैन । कतिपय ग्राहकका परियोजना राम्रा हुन्छन । कानुनी कगजात पुरा हुन्छन, पस्तावित योजनाहरु औचित्यपूर्ण हुन्छन जसले गर्दा उहाँहरु कर्जाको लागि योग्य हुनु भनेहुन्छ र कर्जा पनि स्वीकृत हुन्छ । यहाँ त सरकारले विना धितो सस्तो ब्याजमा बैंकमार्फत कर्जा दिने रहेछ सस्तो ब्याजको रकम लिएर आफ्ना व्यक्तिगत घर व्यवहारका समस्या समाधान गर्ने उद्देश्यले प्रेरित हुने ग्राहकहरु पनि आउनुहुन्छ ।

नेपाल राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत निर्देशिका २०७५’ मार्फत विभिन्न ७ प्रकारका कर्जाहरु बैंकको आधारदर(बेसरेट) मा बढिमा २ प्रतिशत प्रिमियमदर थप गरेर ब्याजदर निर्धारण हुने र उक्त कर्जामा महिला उद्यमशिलताका लागि ६ प्रतिशत र अन्यका लागि ५ प्रतिशत ब्याजदर अनुदान पाउने व्यवस्था छ । यस्तो कर्जा कस्ता ग्राहकहरुले पाउने ? के कस्ता पक्रिया अवलम्बन गर्नुपर्ने जस्ता विषयको सम्बनध्नमा कर्यविधिमा स्पष्ट व्यवस्था गरेको छ । त्यसैले बैंकहरुले सोहि कार्यविधिमा आधारित रहेर कर्जा दिनुपर्ने हुन्छ । सहुलियतपूर्ण कर्जाको पहुँच र ग्रामिण क्षेत्रसम्म पुर्याउनले बैंकका शाखाले विश्चित सेवामा यस्ता कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । त्यसैले बैंक तथा वित्तिय संस्थाले यस्तो कर्जा प्रवाह नगर्ने भन्ने नै हुँदैन तर आवश्यक कागजात,विधि र पक्रिया त ग्राहकले परिपालना गर्नुर्यो नि । यसलाई झनझट कसैले पनि मान्नु भएन । दोस्रो कुरा पुर्नकर्जाको सम्बन्धमा नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि २०७७ जारी भएको छ । यो कार्यविधिमा के कस्तो व्यवसायले कस्तो खालको पुर्नकर्जा कति ब्याजदरमा पाउने र त्यो पाउन के–के गर्नुपर्छ भन्ने सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ । 

\"\"पुनरकर्जा सम्बन्धी कार्यक्रममा गा्रहकलाई निकै राहात हूने भन्ने बूझियो । यस सम्बन्धमा थप स्पष्ट पारिदिनूस् न ? 

पुनरकर्जा खासमा नौलो बिषय होइन । यो केहि बर्ष पहिला देखि नै नेपाल राष्ट्र बैंक मार्फत बैकहरुले आफ्ना ग्राहकलाई दिईरहेको कर्जा हो । सिमित व्यवसायीले मात्र यसको लाभ लिईरहेको सन्दर्भमा साना  ऋणीहरुसम्म यसको पहूच बिस्तार गरी कोभिड-१९ को प्रभावलाई कम गर्न नेपाल राष्ट्र बैकले पूनरकर्जा कार्यबिधि २०७७ जारी गरेर गरी यसलाई थप व्यवस्थीत गरेको हो । नेपाल राष्ट्र बैकले यस्तो कर्जालाई तीन भागमा बर्गिकरण गरेको छ । जसमा घरेलु तथा साना उद्यम कर्जा, विशेष पुनरकर्जा र साधरण पुनरकर्जा । यस्तो कर्जा यस्तो कर्जाको प्रतिग्राहक सिमा ५ करोड कायम गरिएको छ । यसमा बूझ्नूपर्ने महत्वपूर्ण कूरा के छ भने यस्तो कर्जा सबै गा्रहकले पाउदैन्न । ब्यक्तिगत कर्जा, घरकर्जा, गाडीकर्जा, शेयर कर्जा रियलस्टेट कर्जा, सहूलियतपूर्ण कर्जाका लागि ब्याज अनूदान सम्बन्धी कार्यबिधि २०७७ बमोजिम प्रदान गरिएका कर्जा र केहि निश्चित ब्यबसायहरु यस्तो कर्जाका लागि योग्य मानिदैन्न । ।

राष्ट्रिय बाणिज्य बैंक गल्याङबजार शाखाबाट कर्जा लिने सबै गा्रहकले पूनरकर्जा सूबिधा पाए तर अन्य कतिपय बैकबाट कर्जा कारोबार गर्ने गा्रहकले यो सूबिधाबारे बैकले जानकारी नै नगराएको भन्ने जनगूनासो पनि सूनिएको थियो नि? खास कुरा के हो ?

राष्ट्रि बाणिज्य बैंक गल्याङबजार शाखाबाट कर्जा कारोबार गर्नूभएका सबै व्यवसायीक गा्रहकहरु (मदिरा तथा सूर्तिजन्य ब्यबसाय बाहेक) ले पूनरकर्जा सूबिधा उपभोग गर्नूभएको छ। जब हजूरले अन्य बैकको प्रंसग उठान गर्नूभयो अन्य बैकका ब्यबसायिक कर्जाले मसंग पनि सो बिषयमा जिज्ञासा राख्नूभएको थियो । कतिपय गा्रहकलाई यस सूबिधाका बारेमाा जानकारी नभएको कूरा सत्य  हो । नेपाल राष्ट्र बैकले पूनरकर्जा कार्यबिधि २०७७ जारी गरिसकेपछि गत भदौमा यस्तो कर्जाको लागि बैक तथा बित्तिय संस्थासंग आबेदन माग गरेको थियो । कोभिड–१९ को प्रभावले सोको म्याद थप गरि मंसिर सम्म पुर्याइएको  थियो । यसरी आवेदन माग गर्दा सबै बैक तथा बित्तिय संस्था यस प्रक्रियामा सामेल हूनूपर्ने हो । सबै बैक तथा बित्तिय संस्थाले आफ्ना ग्रहाकसँग पनि आवेदन माग गर्नूपर्ने हो ।

बैक तथा बित्तिय संस्थाले आफ्ना गा्रहकलाई प्रत्रपत्रिका,टेलिफोन तथा ईमेल मार्फत जानकारी गराउनूपर्ने हो । हामीले त्यही गर्यो तर कतिपय बैक तथा बित्तिय संस्थाले आफ्ना ग्राहकसमक्ष यो जानकारी पुर्याउन सकेनन वा यस सम्बन्धमा खासै चासो राखेन्न जसले गर्दा ग्राहकलाई जानकारी भएन । हामीले सबै ग्राहकलाई जानकारी गरायौ । उहांहरु संग आवेदन र आवश्यक कागजात माग गर्यौ । सबै ग्राहकहरु पूनरकर्जाको लागि योग्य छन् वा छैन्न भन्ने अध्ययान गर्यौ । सबै ग्राहक पूनरकर्जाको लागि योग्य भएको कूरामा बिश्वस्त भएपछि हामीले ति आवेदनलाई केन्द्रिय कार्यालयको कर्जा विभागमा पठायौँ । त्यहाँबाट सोको रुजू गरिसकेपछि सबै शाखाको एकिकृत फाईल नेपाल राष्ट्र बैकमा पठाउनुभायो र फाईल स्बीकृत भयो । हामीले हाम्रा ग्राहकको ब्याजदर समायोजन गरि ५ प्रतिशत कायम गरिदियौँ । पूनरकर्जा कोषमा रहेको रकम भन्दा कम आवेदन परेकाले नेपाल राष्ट्र बैकले पून पूनरकर्जाको आवेदन पेश गर्न पूस १७ गते सूचना प्रकाशित गरिसकेको छ ।  हामीले सो सम्बन्धमा हाम्रा बाँकी गा्रहकलाई जानकारी समेत गराईसकेका छौँ । 

पछिल्लो समयमा बैंकहरु कर्जा लगानीमा आक्रामक भएको देखिन्छ । तपाईहरुको बैंकको अवस्था कस्तो छ ?

लामो समयको बन्दाबन्दीले ब्यापार–ब्यबसाय ठप्प हुँदा कर्जाको मागमा कमी आएको थियो भने नयाँ व्यवसाय सुरु गर्न चाहानेहरु पनि पर्ख र हेरको अवस्थामा थिए । तर अहिले आर्थिक गतिबिधि चलाएमान हूँदै जांदा कर्जाको माग पनि विस्तारै बढिरहेको छ । बैकमा तरलताको मात्रा पर्यात हूँदा निक्षेपको ब्याजदर घटाएका छन । जसले बैकको आधार दरमा कमी आयो भने बैकहरुबीच ब्याजदर उच्च प्रतिशपर्दा पनि आएको छ । त्यसैले बाणिज्य बैकले  पनि आफूलाई प्रतिस्पर्धी बनाउँदै बिभिन्न रणनितिका साथ अगाडी बढेको छ । पहिलो कूरा हाम्रो बैकको आधारदर सबै बैकको भन्दा कम छ भने हामीले कमै प्रिमियम जोडेर कर्जा लगानी गरेका छौा ।  त्यसैले अझै पनि हाम्रो बैंक सबैभन्दा कम ब्याजदरमा कर्जा लगानी गर्ने बैकको रुपमा चिनिन्छ । राष्ट्रिय बाणिज्य बैकले केही नितिगत कूरामा संसोधन गरेको छ । जस्तै,धितो सूरक्षण मार्जिन सम्बन्धी व्यवस्थामा लचकता, कर्जा निर्देशिका संसोधन, कर्जा असूली कार्यविधि संसोधन, कर्जा लगानीका लागि अख्तियारी प्रत्यायोजनमा पूनरावलोकन, ठूला कर्जाको बिश्लेषण र स्वीकृतीको लागि कर्जा बिज्ञको नियुक्ती, कर्जा बिभागको पूर्नसंरचना, कर्मचारीलाई तालिमको व्यवस्था जस्ता रणनीति अपनाई आगामी दिनमा कर्जा लगानीमा आक्रामक रुपले अगाडी बढ्ने योजनामा हाम्रो बैक रहेको छ । 

बैंकहरु कर्जा लगानीमा आक्रामक हुँदा कर्जाको गुणस्तरमा कमी आउने विषयलाई बैकहरुले कसरी लिएका छन ? 

तपाईले निकै महत्वपूर्ण विषय उठान गर्नुभयो । पछिल्लो समयमा बैकहरुबीच अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । एक बैकमा रहेको कर्जा अर्को बैकमा सार्ने चलन पनि निकै बढेको छ । बैकिङ्ग प्रणालीमा अधिक लगानी (ओभर फाइनान्सिङ ) ठूलो समस्याको रुपमा भबिष्यमा देखिनेवाला छ । यस सम्बन्धमा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले चासो व्यक्त गरेर बैकहरुलाई सचेत पनि गराएको छ । कतिपय बैकहरुले ऋणीको परियोजना र ऋण तिर्न सक्ने क्षमताको अध्ययान नगरी धितोमूखी लगानी गर्दा कर्जामा समस्या देखिएको छ । कतिपय बैकमा त कति सम्म भने कर्जा लगानी गरेर पहिलो महिनाको किस्ता उठाउन पनि समस्या भएको देखिएको छ । ऋणीको आम्दानीको पर्याप्तता र स्थायीत्व बिना लामो अवधिको कर्जा दिने तथा (रिसिबेबल र पेयबलको बिश्लेष) नगरि चालू पूजी कर्जा दिएको पनि देखिएको छ ।

यसले कर्जा जून उद्देश्यको लागि लिएको हो त्यसमा प्रयोग नहूने र अनूत्पादक क्षेत्रमा कर्जा प्रयोग हूने निश्चित छ । यसले ऋणीको आर्थिक अवस्थालाई झन कमजोर बनाउँछ भने बैकको लगानी पनि जोखिमा पर्दछ । लगानी बढाउने भन्दैमा ऋणी र परियोजनाको समग्र पक्षको अध्ययन नगरी कर्जा प्रवाह गर्दा कर्जाको गूणस्तरमा पक्कै पनि कमी आउँछ तर हाम्रो बैक अधिक लगानी र प्रयोजनका बमोजिम माग गरिएको कर्जाको सहि सदूपयोग हुन्छ हून्न भन्ने कूरामा सजग छ। 

अन्तमा यस बैकको गल्याङबजार शाखालाई आगामी दिनमा कसरी अगाडी बढाउने बिचारमा हुनुहुन्छ ? 

कर्जा लगानी र निक्षेप संकलन हाम्रौ प्राथमिकता नै रहन्छ । यस बाहेक हाम्रो बैक अब डिजिटलाइजेशनमा गईसकेकाले मोबाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, ईसिसि सेवा, डिम्याट, मेरो शेयर सेबा,आश्बा सेवा लगायतलाई हामी थप प्रभावकारी रुपमा अघि बढाउछौँ मिर्मि, बेल्टारी, राम्दी, करादी, बायघारी जस्ता साना बजारमा ब्रान्चलेस बैकिङ्ग सोवा दिन सकिन्छ कि भनेर अध्ययान गरिरहेका छौ । यस्तै ग्राहकको भूक्तानी प्रकृयालाई सरल र प्रबिधिमैत्री बनाउन पिओएस मेसिन र क्युुआर कोड माार्फत प्रयास गरिरहेका छौँ ।