मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा आह्वान

मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा आह्वान

राजु ढुङ्गेल
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

मितेरी डेभलपमेन्ट बैंकले चैत ८ गते गत आर्थिक वर्ष २०७५ ७६ को साधारण सभा आह्वान गरेको छ । बैंकले गोर्खा किचन, धरानमा बिहान ९ बजे चौधौँ वार्षिक साधारण सभा बोलाएको हो।

साधारण सभामा बैंकले गत आवको मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्ने, मर्जर तथा प्राप्ती, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, तथा प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेण्डा उपर छलफल गरि पारित गर्नेछ।

बैंकको चौधौँ वार्षिक साधारण सभाले चुक्ता पूँजीको १८.५२५२ प्रतिशत (१० करोड ८३ लाख ७१ हजार २५० रुपैयाँ) बोनस र ०.९७५ प्रतिशत (५७ लाख ३ हजार ७५० रुपैयाँ) नगद लाभांश अनुमोदन गर्नेछ।

यसैगरि अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने र गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण तथा बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने एजेण्डा रहेको छ।

साधारण सभा प्रयोजनार्थ बैंकले फागुन २७ गतेदेखि बुकक्लोज गर्ने भएकाले फागुन २६ गतेसोमबारसम्म कायम रहने शेयरधनीहरुले लाभांश पाउनेछन्।