बैकिङ्ग समाचार ।
बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ अस्पतालमा २० प्रतिशत छुट हुने भएको छ। उक्त कार्यका लागि बैंक र अस्पतालबीच सम्झौता भएको हो।
सम्झौता पत्रमा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र अस्पतालका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरे।
ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्नु पर्ने छ।
बैंकले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ।
प्रतिक्रिया