भारतीय शेयर बजारमा शानदार बढोत्तरी

भारतीय शेयर बजारमा शानदार बढोत्तरी


बैंकिङ्ग समाचार ।
सोमबार भारतीय शेयर बजारमा शानदार बढोत्तरी देखिएको छ । यसदिन सेन्सेक्स १७१.७३ अंकले बढेर ४५ हजार २५१ बिन्दु पार भएको छ भने निफ्टी सूचक ५३ अंकले बढेर १३ हजार ३११ बिन्दु माथि कारोबार गरिरहेको छ । 

यद्यपी सेन्सेक्सले कारोबारका क्रममा ४५ हअजार २७२.२३ र निफ्टीले १३ हजार ३१८.०५ को बिन्दु छोयो । जुन दुवै इन्डेक्सको हालसम्मकै उच्च बिन्दु हो ।

बजार तीव्र रुपमा बढेसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण १८०.५३ लाख करोड भारतीय रुपैयाँभन्दा अधिक पुगेको छ । 
एजेन्सी