‘व्यवसाय गर्छु भन्दा बैंकबाट सहुलियत कर्जा पाइएन, उल्टै चर्को ब्याजमा परियो’

‘व्यवसाय गर्छु भन्दा बैंकबाट सहुलियत कर्जा पाइएन, उल्टै चर्को ब्याजमा परियो’


मनोज रेग्मी,स्याङजा । 
स्याङजाको गल्याङका उदय भण्डारीले विगत दुई वर्षदेखि कृषि कर्जा लिनको लागि बैंक धाए । अहिले उनको सानो घरपाईको व्यवसाय छ । श्रीमती गीता भण्डारीको नाममा खोलेको व्यवसाय राम्रै चलेको उनी बताउँछन् । व्यवसाय संञ्चालका लागि थप कर्जा आवश्यक पर्ने भएपछि उनी ग्ल्याङको राष्ट्रिय बाणिज्य बैंकको शाखामा पुगे ।

उनले सुनेका थिए सरकारी बैंकमा कर्जा लिन सजिलो र सस्तो हुन्छ । धितो पनि चाहिदैन । तर, सोचेजस्तो त कहिले कहाँ हुन्छ र ? बाणिज्य बैंक पुग्दा उनलाई त्यहाँका शाखा प्रवन्धक नविन अर्यालले कर्जा लिन धितो चाहिने र कर्जाको ब्याजदर १२ प्रतिशत लाग्ने जानकारी दिए । सानो व्यवसाय सञ्चालन गर्छु । नेपालमै केही गर्छु । उद्यमी बन्छु भन्ने उनको चाहाना थियो । उनले भने, ‘सरकारले विदेश जानु पर्दैन भन्छ । सहुलियत कर्जाको विषयमा पनि सरकारले बोलेको पाइन्छ । तर, कर्जा लिन सधैं झनझट र गाह्रो छ ।’ 

बाणिज्य बैंकबाट ऋण नपाएपछि उनी घर नजिकैको गरिमा विकास बैंकको शाखामा पुगे । त्यहाँ पुग्दा उनलाई १० प्रतिशत ब्याजदर लाग्ने कुरा गरियो । सधैंको झमेला र झनझट थेग्न नसकेपछि उनले आफ्नो बाबुको नाममा भएको जग्गा धितोमा राखी डेढ लाख ऋण लिए । ब्यवसाय बढ्दै गयो । तर, बैंकको चर्को ब्याज बुझाउँदा र घर खर्च चलाउँदा उनले कमाएको पैसाले ठिक्क भयो ।

 त्यसपछि पनि उनलाई थप ऋणको आवश्यक्ता पर्यो । फेरि उनले मुक्तिनाथ विकास बैंकबाट ५ खाल रुपैँया कर्जा लिए । त्यहाँ पनि उनलाई १० प्रतिशत ब्याज अफर गरियो । व्यवसाय र घर खर्च एकैसाथ चलाउनुपर्ने उनीमाथि बाध्यता थियो । उनी भन्छन् ‘वाणिज्य बैंकको १२ प्रतिशत ब्याज भन्दा त गरिमा र मुक्तिनाथको १० प्रतिशत ब्याजदरमा ऋण लिन ठिक भयो हैन र ? ’

किराना पसल खोल्नुभन्दा पहिले उनले कुखुरापालन र बंगुरपालन व्यवसाय सुरु गर्ने योजना बनाएका थिए । नगरपालिकाले सहुलियत कर्जा तथा अनुदान उप्लब्ध गराउने सुनेपछि उनी र उनका साथि मिलेर योजना बनाए । योजना नगरपालिका कार्यालयमा समेत पेश गरेको उनले सुनाए । उनले भने, ‘ऋण र अनुदानको व्यवस्था पनि नभएको होइन् तर धितो, पहुँच र भनसुनकै कारण हामीभन्दा अर्कै व्यक्तीले ऋण पायो ।’

कृषिमै भविष्य देखेका भण्डारीले ठुलो फर्म सञ्चालन गरी सफल उद्यमी बन्ने सपना देखेका थिए । तर, कमजोर आर्थिक स्थीतीका कारण लगानी जुटाउन नसकेपछि किराना पसल व्यवसायतर्फ होमिएको बताए । उनले भने, ‘ फर्म विस्तार गर्ने योजना छ । त्यसका लागि लगानी चाहिएको छ । लगानी जुटाउनै मुश्किल छ, बिना धितो पनि ऋण पाइने व्यवस्था छ, तर पहुँच र भनसुन बिना पाइँदैन ।’

देशभित्रै खेती किसानी गर्दै आएका उनीजस्ता कतिपय युवाले कृषिमा लगानी बढाउन थालेका छन् । कोरोना संक्रमण कारण विदेशबाट देश फर्केका र सहरबाट गाउँघर गएकाहरु पनि कृषि तथा पशुपालनमा लगानी गर्ने योजनामा छन् । सरकारले विभिन्न शीर्षकमा ऋण दिने घोषणा गरेको थुप्रै वर्ष भइसकेको छ । तर, ऋण लिन सास्ती र पहुँच नै नपुग्ने गुनासो कायमै छ ।

युवा जति विदेश लाग्ने, देशभित्रकैको खेतबारी बाँझै रहने विगतको समस्या अहिले पनि उस्तै छ । तर कोरोना महामारीकै कारण कृषि क्षेत्रमा सकारात्मक प्रभाव देखिन्छ कि भन्ने आस जागेको छ । विदेशबाट फर्कने र गाउँमै कृषि उत्पादन गरी आम्दानी गर्छु भन्ने युवालाई लगानीको भने चिन्ता छ । 

उत्पादन बढाउन लगानी आवश्यक छ । आफूसँग भएको बचतले मात्रै लगानी गर्न नपुग्न सक्छ । चाहिएजति लगानी नपुगे ऋण खोज्नुपर्छ । घरगाउँमा सरसापटी र बैंकबाट ऋण लिने विकल्प हुन सक्छ । सरकारले घोषणा गरेअनुसार तरकारी, फलफूल, पशुपंछी, माछापालन, च्याउ उत्पादन, मौरी पालन, चिया, उखु खेती जस्ता कृषि व्यवसाय अनुदान लिएरै गर्न सकिने सरकारले बताउँदै आइरहेको छ । 

\"\"