अत्याधुनिक बैंकिङ सेवाका निम्ती राज्यले नीति ल्याएको खै ?

अत्याधुनिक बैंकिङ सेवाका निम्ती राज्यले नीति ल्याएको खै ?


लक्ष्मण रिसाल

सिइओ

एनआइसी एशिया बैंक 

सन १९९० मा नेपाल ग्रिनलेज बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका लक्ष्मण रिसाल एक सफल बैंकर हुन । लाईफ इन्सुरेन्स कम्पनी, बैंक अफ एशिया  हुदैँ हालको एनआइसी एशिया बैंकमा सिइओको रुपमा जिम्मेवारी निर्वाह गरिरहेका छन् । २४ बर्ष जती आफ्नो जिवन बैंकिङ क्षेत्रमा बिताइसकेका उनै रिसालसँग समसामयिक विषय केन्द्रित रहेर विजय दमासेले गरेको कुराकानीको सम्पादित अंश :

एनआइसी एशिया बैंकमा यहाँको प्रवेश कसरी भयो ?

एनआइसी एशिया बैंक भनेको एनआइसी बैंक र बैंक अफ एसिया मर्जर भएर बनेको संस्था हो । यसमा पहिला एनआइसी बैंक हुदाँ २००४ देखी २००८ सम्म म त्यो संस्थामा थिएं ।

पछि बैंक छाडेर लाईफ इन्सुरेन्स क्षेत्रमा गए । त्यसको केही समय पछि पुनः बैर्किङ क्षेत्रमा आए । जुन प्रवेश पुनः २००९ मा बैंक अफ एशियाबाट भयो । फेरी सो संस्था मर्ज भएपछि अहिले एनआइसी एशिया बैंकमा छु ।

यो बैंकको पछिल्लो वित्तिय अवस्था बताइदिनुस न ?

बैंकको वित्तिय अवस्था अत्यान्तै राम्रो छ । हामि मुलुककै नीजि क्षेत्रका अग्रणी बैंकहरुको सुचीमा अगाडीनै आउछौं । पुँजीगत रुपमा पनि हामी अघिनै छौं ।

गएको आ.वमा १ अर्ब ५ करोड नाफा कमाएका थियौं भने यो आ।वको पहिलो त्रैमासिक सम्ममा हामीले राम्रै नतिजा हासिल गरेका छौं ।

वित्तिय सेवालाई कसरी अघि बढाई रहनु भएको छ ?

अहिले देशभरका ७५ शाखाबाट वित्तिय सेवा जनतामाझ पुर्याइरहेका छौं । त्यस्तै एटिएम मार्फत पनि देशका विभिन्न ठाउँमा सेवा दिइरहेका छौं ।

यो आ.व भित्र थप ४० वटा शाखा खोल्ने लक्ष्य छ । हाम्रो सेवालाई देशभरका साथै दुर्गम क्षेत्रमानि विस्तार गर्ने लक्ष्य छ । यो आ.वको अन्तिम सम्ममा हाम्रो लक्ष्य देशभर गरी १ सय २० शाखा मार्फत सेवा जनतामाझ पुर्याउने छ ।

यो बैंकको नारा ‘बैंक पनि साथी पनि’, वास्तवमा लागू गर्न कत्तिको सफल हुनुभएको छ ?

बैंकमा आउने ग्राहकलाई एउटा साथीको रुपमा व्यवहार गरौं भन्ने उद्देश्यले यो नारा ल्याइएको हो । ग्राहकहरुले यस बैंकसँग कारोबार गर्दा ढुक्कसँग गर्ने वातावरणको सिर्जना होस् र अत्मियता पनि कायम होस् भन्ने हेतुले यो नारालाई गतबर्षबाट अघि बढाइएको हो ।

त्यही अनुसारको व्यवहार, सेवा, सुविधा दिनका निम्ति हामी हरपल लागिरहेका छौं । नारा अनुरुपको काम गर्न हामीले ग्राहकलाई दिने सेवामा पनि सुधार ल्याएका छौं ।  अत्याधुनिक बैंकिङ प्रणाली मार्फत सेवा दिई ग्राहकलाई सन्तुष्ट पार्ने हाम्रो लक्ष्य हो । सोही अनुरुपनै द्रुत गतिमा हामी अघि बढेका छौं ।

सबैलाई वित्तिय पहुँचमा ल्याउन अनेकौँ प्रयास भएतापनि अझै पनि धेरै जनता पहुँच बाहिरै छन् ? आखिर किन ?

विगतमा दुर्गममा बैंकहरु नपुगेको अवस्था थियो तर अहिले देशको प्रायः जिल्लामा बैंकहरु खुलेका छन् ।

अहिले एनआइसी बैंक सम्भावना पहिचान गर्ने र सम्भावित ठाउँमा पुग्ने अभियानमा लागेको छ ।  धेरै भेगका जनतालाई वित्तिय  पहुँचमा ल्याउने हाम्रो कोशिस हो ।

जुन ठाउँमा सम्भावनानै हुदैन् त्यो  ठाउँमा बैंकको शाखा खुलाउनुको अर्थ रहदैन् । यसर्थ बैंकहरु पुग्न गाह्रो हुने  ठाउँमा हामी पुग्न नसकेको होला ।

सामान्यता, एउटा सामान्य व्यापारीले पनि जहाँ व्यापार हुन्छ, त्यहीनै व्यापार संचालन गर्छ । अर्थात् नहुने ठाउँमा व्यापारै गदैन् । त्यस्तै हामी बैंकहरु पनि  त्यही हो । बैंक तथा वित्तिय अवस्था नपुगेको दुर्गममा राज्यले व्यापार गर्ने माहोल बनाइदिन जरुरी छ ।

अझैपनि दुर्गममा यातायात,उद्योग धन्दा, कलकारखाना खुल्न सकेका छैनन् । राज्यको उपस्थिती नपुगेको ठाउँमा हामी जान गाह्रो हुन्छ । यसर्थ सबैभन्दा पहिला त त्यस्तो स्थानमा राज्यको उपस्थिती हुनुपर्छ र वित्तिय कारोबारको वातावरण सिर्जना हुने माहोल गराइदिनुपर्छ ।

साथै, वित्तिय साक्षरताको अभावमा धेरै जनता अझै पनि बाहिर छन्, यो कुरामा राज्य र नीजि क्षेत्र मिलेर जान जरुरी छ ।  हामी त्यो प्रकारको साक्षरता अभियान चलाउन तयार छौं । राज्य पनि लाग्न जरुरी छ ।

राष्ट्र बैंकले अनिवार्य रुपमा ‘विपन्न वर्ग’ मा लगानि गर्न यहाँहरुलाई निर्देशन दिएको छ, यसलाई कार्यन्वयन गर्न के–के काम भैइरहेको छ ?

राष्ट्र बैंकको निर्देशनलाई हामी सम्मान गदैं यो निर्देशनलाई कार्यन्वयन गर्न लागिरहेका छौं । हामीले सहरमा त्यस्तो वर्ग अलि कम भेटिने भएकाले गाउँ अर्थात दुर्गम केन्द्रित भएर यो कार्यक्रम लागू गरेका छौं । यसलाई पूर्ण रुपमा कार्यन्वयन गर्न हामीले आफ्नो सेवालाई सम्भाव्यता रहेका भेगमा पुर्याइ रहेका छौं ।

केही दिन अघि यस बैंकको एक टोली सम्भाव्यता पहिचान गर्न देश दौडानमा पनि निस्किएको थियो । हामी वित्तिय पहुँच भएका स्थानमा आफ्नो सेवा पुर्याइ विपन्न वर्ग कर्जालाई पनि छिटै्नै अझ प्रभावकारी बनाउने छौं ।

अहिले मुलतः बैंकले के–के कुरालाई विशेष फोकश गरेको छ ?

हामीले मुलतः सरकारी निर्देशनलाई पालना गर्ने र बचत खातालाई अत्याधिक रुपमा बढाउने काममा लागिरहेका छौं ।

यस बैंकको पछिल्लो तथ्यांक अनुसार हरेक महिना १२ हजारको दरले बचत खाता थपिरहेका छौं । राष्ट्र बैंकले हालै एउटा व्यक्तिले एउटा बैंकमा एउटा भन्दा बढि खाता खोल्न नपाउने नियम बनाएको छ । यति हुदाँहुदै पनि हामी यो रेसियोमा बचत खाता खोल्न सफल भएका छौं ।

यसलाई अझै वृद्धि गर्न र थप प्रभावकारी बनाउन  नयाँ शाखा खोल्दैछौं । यसपश्यात अझ प्रभाकारी हुनेछ । यस्तै राष्ट्र बैंकले कृषिमा लगानी गर्न बैंकहरुलाई निर्देशन दिए बमोजिङ हामी उद्वत छौं । राष्ट्र बैंकले तोकेको सिमामा हामी पुग्न सफल भएका छौं । बैंकले अहिले यो कुरालाई पनि मुख्य प्राथमिकतामा राखेको छ ।

राष्ट्र बैंकले अनिवार्य रुपमा कृषिमा लगानि गर्न  भनिरहँदा यहाँहरु यो कर्जामा लागानी गर्दा भोगेका समस्याहरु केके हुन ?

मुलतः व्यक्तिगत रुपमा कृषिमा कर्जा दिदाँ समस्या धेरै निम्तिने गरेको छ । यसलाई हल गर्न हामीले समुहको अवधारणालाई विशेषतः फोकश गरेका छौं ।

राष्ट्र बैंकले भनेअनुसार कृषिमा लगानी बढाउन हामीले समूहमा आउने जो कोहीलाई पनि उनिहरुको ‘प्रपोजल’ हेरेर कर्जा दिने काम गरेका छौं । यस्तै व्यक्तिगत कर्जा दिदाँ अहिले विशेषतः हामीले उखुमा लगानी गरेको छौं । तराईमा एकप्रकारको संजाल बनाएर यो काम भैइरहेको छ । अदुवा,अलौँचीमा समेत यस बैंकले लगानी गरेको छ ।

राष्ट्र बैंकले  पुँजी वृद्धी गर्न सबै बैंकहरुलाई निर्देशन दिइसकेको छ, समयमै त्यो सिमामा पुग्न के यो बैंक सफल होला त ?

दुई वटा कमर्सियल बैंकहरु मर्ज भएर एनआईसि एशिया बनेको हो । अव मर्जरमा जाने सम्भावना कम छ । तर पनि राष्ट्र बैंकले तोकेको सिमा अवधिमा हामी पुँजी वृद्वी गर्न सक्षम छौं । गत आ।वको मुनाफाबाट हामी २६ प्रतिशत बोनसको घोषणा गरेका थियौं । त्यो प्रक्रियामै छ । केही समयमै १५ प्रतिशत राइट नि आउँदैछ । त्यसपछि हामि आन्तरिक योजना अनुरुप अघि बढ्नेछौं । र राष्ट्र बैंकको लक्ष्यलाई पुरा गर्नेछौं ।

अवको दिनमा डिजिटल बैंर्किङलाई  यहाँले कसरी अघि बढाउँदै हुनुहुन्छ ?

हामीले पंचवर्षिय योजना बनाएर यसलाई अघि बढाइरहेका छौं । अहिलेसम्म हामीले लगानि गरेकोमा आन्तरिक प्रक्रियालाई ‘मिट’ गर्ने खालको छ । ग्राहकलाई तत्कालै सेवा दिन ‘क्रन्तिकारी’ पारले त्यस्तो खालको पद्वती ल्याउने सोचमा यस बैंक छैन् । हामी यसको अध्ययनमा छौं ।

अध्ययन पश्यात हामीले डिजिटल पद्धतीलाई अघि सारी ग्राहकको मन जित्न लाग्नेछौं । अहिले हामी मोबाईल बैर्किङ र इन्टरनेट बैर्किङलाई विशेष फोकस दिइरहेका छौं ।  किनकी हरेक मान्छेको हातहातमा मोबाईल र इन्टरनेट अर्निवार्य जस्तै भएको छ । त्यसैले यसमा हामी लागेका छौं । अहिले  मोवाईल बैर्किङ सेवा हामिले दिइरहेका छौं भने, इन्टरनेट बैंकिङलाई उत्तिकै अघि बढाएका छौं ।

अव हाम्रो ग्राहकले इन्टरनेट बैंकिङकै माध्यमबाट नेपालभरको प्रायः बैंकहरुमा एउटा खाताबाट अर्को खातामा पैसा ट्रन्सर्फर गर्न सक्छन् । त्यो सेवा प्रदान गर्ने हामी पहिलो बैंक हौं । यस्ता खालका नयाँ योजना ल्याउन बैंक पूर्ण रुपमा लागेको छ ।

अन्त्यमा…

डिजिटल बैंकिङलगायतका अत्याधुनिक सेवालाई अघि बढाउन राज्यले सोही अनुरुपको नीति नियमलाई अबलम्वन गर्न जरुरी छ । यसमा नेपालका बैंकहरु अत्याधुनिक सेवा दिन आतुर छन् । यो कुरा राज्यले बुझ्न जरुरी छ ।