बैंकिङ्ग समाचार ।
माउन्टेन इनर्जी नेपाल लिमिटेडले जारी गरेको आइपिओ बाँडफाँड भएको छ । कम्पनीले कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म निष्कासन गरेको १९ लाख ६८ हजार २७ कित्ता आइपिओ बाँडफाँड गरिएको हो ।
यसमा आवेदन दिएका ६ लाख ७४ हजार जनामध्ये १ लाख ८३ हजार २६ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् यसरी बाँडफाँटपछि बाँकी रहेको ५ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिने ५ जनालाई १ कित्ताका दरले थप गरियको छ ।
आइतबार 'प्रि अलोटमेन्ट' सम्पन्न भएको उक्त आइपिओको बाँडफाँड आज बिहान १० बजे माउन्टेन इनर्जी नेपाल लिमिटेडको कार्यालय डिल्लीबजार, काठमाडौंमा बाँडफाँड गरिएको हो ।
कम्पनीको आइपिओमा ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ७.६१ गुणा धेरै आवेदन परेको थियो ।
उक्त आइपिओमा गोलाप्रथाबाट बाँडफाँड गर्दा एक लाख ८३ हजार २६ जनाले १० कित्ताका दरले शेयर पाउने छन् सेयर हात पारेका छन् भने बाँकी ४ लाख ९० हजार ९७३ जना आवेदकको भने हात खाली भएको छ ।
कम्पनीले २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो ।
प्रतिक्रिया