बैकिङ्ग समाचार ।
बैंक अफ काठमाडौं लिमिटेडले आफ्नो २५औँ वर्ष पूरा गरेको अवसरमा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै ‘बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ ।
२५ वर्षसम्म ग्राहकसँग निरन्तर सहयात्राको शुभ अवसरमाउक्त खाता संचालनमा ल्याएको बैंकले जनाएको छ । ‘२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै’ भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खाता ग्राहकहरुले मात्र २५ मा नै खोल्न सक्नेछन् ।
सो खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन ।
खाताका विशेषताहरु
- वार्षिक ६५ ब्याजदर
- न्यूनतम् मौज्दात रु २५ मात्र
- त्रैमासिक ब्याज भुक्तानीको सुबिधा
- पहिलो वर्ष निःशुल्क डेबिट कार्डको ब्यवस्था
- पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको ब्यवस्था
- पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग ब्यवस्था
साथै, अन्य ग्राहकमुखी विशेषताहरु सहित संचालनमा ल्याएको उक्त खाताले ग्राहकहरुको जीवन अझ सहज बनाउने बिश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया