यस वर्षको प्रहरी व्याटन लुम्बिनी प्रदेश प्रहरीलाई


काठमाडौं – लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यस वर्षको प्रहरी व्याटन प्राप्त गरेको छ। ७१औँ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले लुम्बिनी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीलाई प्रहरी व्याटन–२०८३ प्रदान गरेका हुन्।