बैंकिङ्ग समाचार ।
सिद्धार्थ बैंकको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.९८ प्रतिशतले घटेको छ । बैंकको गत वर्षको असोज मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा २ करोड ७ लाख रुपैयाँले घटेको हो ।
बैंकले गत वर्षको पहिलो त्रैमासमा ५२ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको सोही अवधिमा बैंकले ५० करोड ६ लाख रुपैयाँ नाफा गरेको हो ।
बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरणयोग्य नाफा समेत ४८ करोड ६२ लाख रुपैयाँ ३६ हजार रुपैयाँ ऋणात्मक छ ।
यसैगरी सो अवधिमा बैंकले १ खर्ब ४९ अर्ब ४५ करोड निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेकोे छ ।
जसबाट बैंकले सो अवधिमा १ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.१५ प्रतिशत अर्थात् ८ करोड ८० लाख रुपैयाँ थोरै हो ।
असोज मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.२८ प्रतिशतबाट १.३४ प्रतिशत पुगेको छ । साथै, हाल बैंकको पूँजीकोष अनुपात १४.०२ प्रतिशत, आधारदर ८.१० प्रतिशत, सिसिडी रेसीयो ७३.४९ प्रतिशत र स्प्रेडदर ४.३८ प्रतिशत छ ।
प्रतिक्रिया