मेगा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानी कति ?

मेगा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानी कति ?


बैंकिङ्ग समाचार ।
मेगा बैंक नेपाल लिमिटेडले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा खुद मुनाफा करिब ३९ प्रतिशतले वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा बैंकले १७ करोड ५ लाखले मुनाफा वृद्धि गरेको विवरण सार्वजनिक गरेको छ । 

बैंकले यस अवधिमा ६० करोड ७९ लाख खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा बैंकले ४३ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५ करोड ५६ लाख रुपैयाँ रहेको छ । 

गत आर्थिक बर्षको तुलनामा बैंकले १ .३५ प्रतिशतले वृद्धि गरि १ खर्ब २९ अर्ब निक्षेप संकलन गरेको छ भने ६ .५१ प्रतिशतले वृद्धि गरि १ खर्ब १७ अर्ब कर्जा लगानी गरेको छ । त्यस्तै बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी २६.२८ प्रतिशतले बढेर १ अर्ब ३३ करोड पुगेको छ ।

यस अवधिमा बैंकको चुक्तापुंजी १३ अर्ब १३ करोड रहेको छ भने जगेडा कोषमा ५ अर्ब ३१ करोड रहेको छ । त्यस्तै बैंकको खराब कर्जा अनुपात १ .४२ प्रतिशतबाट घटेर १ .०१ प्रतिशतमा ओर्लिएको छ ।

गण्डकी विकास बैंकलाई प्राप्त गरि यहि असार २१ गतेबाट संयुक्त कारोबार गरेको मेगा बैंकको यस अवधिमा बैकको प्रति सेयर आम्दानी १८ रुपैयाँ ५१ पैसा, प्रति सेयर नेटवर्थ १४० रुपैयाँ ४८ पैसा तथा मुल्य आम्दानी अनुमात १२ दशमलब ४३ गुणा रहेको छ ।