काठमाडौं – भदौ १० गतेको बाढीमा परेर त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरूङमा फसेका २ जनाको जीवितै उद्धार भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहान उनीहरुलाई सुरुङबाट जीवितै उद्धार गरेको हो।
उद्धार गरिएकाहरूमा सञ्जय शाह र कविर महर्जन छन्। उनीहरुलाई शुक्रबार बिहान करिब ९ः२० बजे सुरुङबाट बाहिर निकालिएको हो। उनीहरुलाई उपचारका लागि काठमाडौँ ल्याइँदैछ।
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार शाह नेपाल विद्युत प्राधिकरणका मेकानिकल फोरम्यान र मर्हजन सुपरभाइजर हुन्।






About Us
प्रतिक्रिया