प्रधानमन्त्री बालेन र कुलमान घिसिङबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र पूर्वऊर्जामन्त्री कुलमान घिसिङबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ। बिहीबार बिहान ११ बजेदेखि नै उनीहरूबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेट भएको हो।

उनीहरूबीच हाल जारी वार्तामा गत साता रसुवाको भोटेकोसीमा आएको बाढीले गरेको क्षति तथा उद्धारको विषयमा छलफल भएकाे प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। 

उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका घिसिङले केही दिनअघि मात्रै बाढीग्रस्त क्षेत्रमा पुगेर जलविद्युत् आयोजनाहरूमा फसेका मानिसहरूको उद्धार कार्यको जानकारी लिएका थिए।