हिमालय ८०–२० को लाभांश घोषणा


काठमाडौं – हिमालयन क्यापिटल लिमिटेडले योजना व्यवस्थापकको रुपमा रहको हिमालयन म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो बन्दमुखी योजना हिमालयन ८०–२० ले लाभांश घोषणा गरेको छ।

क्यापिटलको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि इकाईधनीहरूका लागि १५ प्रतिशत (करसहित) नगद लाभांश घोषणा गरेको हो।