काठमाडौं – भोटेकोसी बाढीपछि सुरुङमा सम्पर्कविहीन कर्मचारी तथा मजदूरको खोजीका लागि भारतीय, चिनियाँ र कोरियाली विशेषज्ञ टोली परिचालन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले साे बताएका हुन्। सुरुङमा सम्पर्कविहीन भएका मानिसको खोजीका लागि भारतीय, चिनियाँ र कोरियन टोली परिचालन भइरहेको छ,’ प्रधानमन्त्री शाहले भने।
प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण विद्युत उत्पादन गरिरहेका आठ वटा आयोजनामा २८१ मेगावाट र निर्माणधिन चार वटामा ३८८ मेगावाट क्षतिग्रस्त भएका छन्। बाढीले ११ जलविद्युत् आयोजनामा क्षति पुगेको छ।






About Us
प्रतिक्रिया