रसुवा बाढी: हालसम्म १ हजार ७ जनाको शव फेला


काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीका कारण मङ्गलवार बिहान १० बजे सम्ममा १ हजार ७ जनाको शव फेला परेको छ। 

जसमध्ये रसुवामा ३८ जना, नुवाकोटमा १ सय ३ जना, धादिङमा ५६ जना, चितवनमा ३ सय २१ जना, गोरखामा ६५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १६ जना, नवलपरासी पश्चिम १ सय ६५ जना र भारतमा ५ जना गरी १ हजार ७ जनाको शव फेला परेको  हो। 

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ।