काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ।
भेटका क्रममा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको वर्तमान अवस्थाका साथै सरकारले सञ्चालन गरिरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे विस्तृत छलफल भएको छ।
उनीहरूबीच विपद्बाट प्रभावित नागरिकहरूको शीघ्र उद्धार, आवश्यक राहत सामग्रीको प्रभावकारी वितरण तथा बाढीका कारण क्षति पुगेका भौतिक संरचनाको पुनः स्थापनाका विषयमा समेत छलफल भएको थियो।
सो अवसरमा सम्माननीय प्रधानमन्त्री शाहज्यूले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीमा सहज पहुँच तथा प्रभावित क्षेत्रको पुनः स्थापनाका लागि राज्यका सम्पूर्ण सम्बन्धित संयन्त्रहरूलाई पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका छन्।






About Us
प्रतिक्रिया