काठमाडौं- भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेपछि अस्ट्रेलिया सरकारले नेपालका लागि मानवीय सहायता तथा विपद् उद्धार सामग्रीसहितको जनशक्ति पठाउने भएको छ।अस्ट्रेलियाली सरकारले रोयल अस्ट्रेलियन एयर फोर्सको सी–१७ए ग्लोबल मास्टर ३ मार्फत अत्यावश्यक राहत सामग्री, उद्धार तथा विपद् व्यवस्थापनका लागि आवश्यक उपकरण र जनशक्ति नेपाल पठाउन लागेको हो।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग पुर्याउने उद्देश्यले अस्ट्रेलियाले यो सहायता उपलब्ध गराउन लागेको जनाएको छ। विशेषगरी विपद् प्रतिकार्यका लागि आवश्यक उपकरण र दक्ष जनशक्तिको परिचालनले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसअघिअस्ट्रेलिया सरकारले विनाशकारी बाढीपछि उद्धार तथा पुनःस्थापनाका लागि जारी सहयोगअन्तर्गत नेपाललाई थप ३० लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने बताएको थियो। अस्ट्रेलियाले उपलब्ध गराउन लागेको यो दोस्रो चरणको मानवीय सहायता हो। थप आर्थिक तथा भौतिक सहयोगले बाढी प्रभावित क्षेत्रको तत्कालीन राहत, उद्धार तथा पुनःस्थापनामा नेपाललाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।






About Us
प्रतिक्रिया