रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला


काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७: ४५ बजे सम्म ७ सय ९४ जनाको शव फेला परेको  छ। 

जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २ सय ६४ जना, गोरखामा ६१ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १ सय ९७ जना र नवलपरासी पश्चिम १ सय २० जना गरी ७ सय ९४ जनाको शव फेला परेको हो। 

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ।