भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटमा २० स्याटेलाइट फोन पठाइयो


काठमाडौं –  रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।

बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सुचारु राख्दै सूचना प्रवाहलाई सहज बनाउन प्राधिकरणले स्याटेलाइट फोन उपलब्ध गराएको हो। 

उपलब्ध गराइएका २० थान स्याटेलाइट फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग हुने गरी पठाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।