अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा


काठमाडौं -अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अमेरिकी सहयोगअन्तर्गत बाढी प्रभावित १० हजारसम्म परिवारलाई तीन महिनासम्म आपत्कालीन खाद्य सहयोगलगायत आवश्यक मानवीय सहायता प्रदान गरिने जनाइएको छ।

अमेरिकी पक्षले विपद्को यस कठिन समयमा नेपाली जनताको साथमा रहेको जनाएको छ। बाढीबाट प्रभावित समुदायको तत्कालीन आवश्यकता पूरा गर्न तथा उनीहरूको जीवनरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहायता उपलब्ध गराउन लागिएको हो।