काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रवार दिउँसो १७ बजे सम्म ५ सय ५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३८ जना, धादिङमा ४० जना, चितवनमा २ सय २२ जना, गोरखामा ४७ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १ सय ३४ जना र नवलपरासी पश्चिम २८ जना गरी ५ सय ५३ जनाको शव फेला परेको हो ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।






About Us
प्रतिक्रिया