बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन, ‘उद्धार र राहतमा सघाउने प्रतिबद्धता’


काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

शुक्रबार दिउँसो प्रधानमन्त्री शाहसँग कुराकानी भएको जानकारी शरीफले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका हुन्। बाढीपछि नेपालमा जारी राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन पाकिस्तानले राहत सामग्री उपलब्ध गराउने तयारी गरेको पनि उनले बताएका छन्।

‘यस कठिन परिस्थितिमा पाकिस्तान नेपाल सरकार र नेपाली जनताको साथमा पूर्ण रूपमा उभिएको छ,’ शरीफले एक्समा उल्लेख गरेका छन्।