काठमाडौं – ओम मेगाश्री फर्मास्युटिकल्सले रसुवा बाढीपीडितका लागि करिब २० लाख रुपैयाँ बराबरको औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।
कम्पनीले सहयोगको पहिलो चरणअन्तर्गत शुक्रबार ७ लाख रुपैयाँ बराबरको औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराइसकेको जनाएको छ। कम्पनीका अनुसार बाढीपीडितका लागि बाँकी १३ लाख रुपैयाँ बराबरको औषधि तथा स्वास्थ्य सामग्री पनि आगामी चरणमा वितरण गरिनेछ।
ओम मेगाश्री फर्मास्युटिकल्स नेपालमा पहिलोपटक आईपीओ जारी गर्ने औषधि कम्पनीमध्ये एक हो। २०१७ सालमा स्थापना भएको यस कम्पनीको कारखाना भरतपुर महानगरपालिका–२९, चितवनमा अवस्थित छ।






About Us
प्रतिक्रिया