बाढीमा ज्यान गुमाएकामध्ये ३९३ शवको पहिचान हुन सकेन


काठमाडौं – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीका अनुसार हालसम्म बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा ४८९ जनाको शव फेला परेको छ। तीमध्ये ३९३ शवको पहिचान हुन सकेको छैन।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान हुन नसकेका शवहरू विभिन्न जिल्लाका २१ स्थानमा राखिएका छन्। रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही र कपिलवस्तुसहितका जिल्लामा शवहरू राखिएका छन्।