काठमाडौं- रसुवा बढी रसुवासहित विभिन्न जिल्लामा ९७७ जना सम्पर्कविहीन भएका छन्। बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै खोज तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
विपद् प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी १५ हजार १०८ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका ३ हजार ६५८ जना रहेका छन्। प्राप्त विवरणअनुसार बाढीका कारण नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना पनि सम्पर्कविहीन छन्।
जिल्लागत रूपमा रसुवाका १६१, नुवाकोटका १ र मकवानपुरका ६६ जना सम्पर्कविहीन रहेको विवरण छ। त्यस्तै, नेपाल भ्रमणमा रहेका ५१७ जना विदेशी नागरिक तथा विदेशमा बसोबास गर्ने १२७ जना नेपाली नागरिक पनि सम्पर्कविहीन रहेको जनाइएको छ। बाढी तथा विपद्का घटनामा हालसम्म ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, धादिङका ३ र नुवाकोटका २७ जना रहेका छन्।






About Us
प्रतिक्रिया