ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसी आइपुग्यो, सचेत रहन आग्रह


काठमाडौं – चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसीमा आइपुगेको छ।

बाढी पुर्वानुमान महाशाखाका अनुसार, दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको हो। त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।